दुई विद्यालयका लागि एक लाख आर्थिक सहयोग



हाम्रो इकोनोमि

गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ ।

जिल्लाको मदाने गाउँपालिका वडा नं ३ निवासी हाल कतारमा रोजगारीको सिलसिलामा कार्यरत रहनुभएका समाजसेवी लोकबहादुर केसीले मुसिकोट नगरपालिका वडा नं १ बांगेमा रहेको भगवती निम्न माध्यमिक विद्यालयमा कम्प्युटर खरिद गर्न रु ५० हजार र सोही नगरपालिका वडा नं २ को देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका लागि रु ५० हजार गरी रु एक लाख सहयोग गर्नुभएको हो ।

नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर महतले उक्त सहयोग रकमले विद्यायललाई ठूलो सहयोग पुगेको बताउनुभयो ।

सहयोगीदाता केसीले आफू विदेशमा भए पनि आफ्नो गाउँ र ठाउँमा रहेका विद्यालयलाई आफ्नो कमाइको केही सहयोगले शैक्षिक विकासमा टेवा मिलोस् भनेर सहयोग गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...