तीन पसलमा आगलागी



हाम्रो इकोनोमि

बेँसीशहरका तीन पसलमा गए राति आगलागी भएको छ । बेँसीशहर सात, हाइस्कूल चोकस्थित हेमप्रसाद घिमिरेको घरमा रहेका तीनवटा पसलमा आगलागी भएको हो ।

आगलागीबाट पसलमा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामबहादुर विकको सुनचाँदी पसल, मीना अधिकारीको तरकारी पसल र कृष्ण विकको किराना पसल जलेर नष्ट भएको छ ।

राति १ बजे आगलागी भएको खबर प्राप्त भएको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो । प्रहरी, स्थानीयवासीको सहयोगमा दमकल प्रयोगगरी आगो नियन्त्रण गर्न करिब एक घण्टा लागेको थियो ।

विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ । आगलागीबाट लाखौँ रुपैयाँको क्षति भएको छ । घटना र क्षतिको विषयमा अनुसन्धान भइरहेको प्रनाउ खरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...