नेताको सम्मान गर्ने गणेशमान र कार्यकर्तालाई माया गर्ने बिपी: महामन्त्री कोइराला



पैतिसौँ बिपी स्मृति दिवसको अवसरमा आज ललितपुरमा आयोजित बिपी कोइराला र लोककल्याणकारी राज्य विषयक अन्तरक्रियामा नेपाली काँग्रेसका महामन्त्री डा शशांङक कोइरालाले नेतालाई सम्मान दिने गणेशमानजी र कार्यकताको माया, ममता र हेरविचार पु¥याउने बिपीको कार्य शैलीका कारण आजसम्म नेपाली काँग्रेस् बाँचेको छ भन्नुभयो ।

एमबिबिएस पढन आफनो धेरै नम्बर भए पनि कार्यकर्ताकी थोरै नम्बर ल्याउने छोरीलाई सिफारिस गरिदिएपछि बिपीसँग बिलौना गरेको स्मरण सुनाउँदै महामन्त्री डा कोइरालाले बिपीले त्यसबेला कार्यकर्ताको छोरीलाई सिफारिस गरेर न्याय गरेको चर्चा गर्नुभयो ।

मेलमिलापको नीति लिएर स्वदेश फर्कने बिपीको विचारप्रति लामो समयसम्म बहस भएको स्मरण गर्दै महामन्त्री कोइरालाले गणेशमानजी लगायतका नेताले नेपाल फर्कने बित्तिकै झुन्ड्याइ दिए भने के गर्ने रु भन्ने प्रश्नमा बिपीले म पहिला जान्छु, यदि मलाई झुन्ड््याए भने राजनीतिक माहौल बन्छ, त्यसको नेतृत्व तपार्इंहरुले गर्नुपर्छ भनेर भनेको कुरा पनि स्मरण गराउनुभयो ।

सांसद उमेश श्रेष्ठले नेपाली काँग्रेसले नेतृत्व गरेर लोकतन्त्र र समृद्धिको एजेण्डालाई अघि बढाउन र शिक्षालाई आमूलपरिवर्तन गरेर व्यवहार मुखी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

आयोजक संस्था बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले बिपीले अघि सार्नुभएका सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको हुँदा विषय विज्ञलाई ती विषयमा छलफल गरेर लागू गर्ने विषयको शुरुवात गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
पिकनिक गएर फर्केको स्कुल बस शंकरापुरमा दुर्घटना

    काठमाडौंको शंकरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । जिल्ला

विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ : ओली

    प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी

     काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि

प्रहरीमाथि हातपात गर्ने जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

     गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका