पाँच मेट्रिकटन जडीबुटी निकासी



हाम्रो इकोनोमि

पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३७४ मा करिब पाँच मेट्रिकटन जडीबुटी निकासी भएको छ ।

म्याग्दीका वनजंगलमा संकलन गरिएका १५ प्रजातिका चार हजार ७८४ दशमलव ७ केजी जडीबुटी निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । यसैगरी एक हजार २०० केजी अल्लो निर्यात भएको छ ।

जडीबुटी निकासीका लागि अनुमति दिएबापत रु दुई लाख ५७ हजार ५५ राजश्व संकलन भएको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिनुभयो । एक हजार ५०० केजी विषजरा, ६०० केजी नागवली पाउडर, २८६ केजी साधारण च्याउ, ६४० केजी भिरमह, ३०० केजी सुगन्धवाल, ४४९ केजी सतुवा निकासी भएको छ ।

यसैगरी बहुमूल्य जडीबुटी यार्सागुम्बा ३ दशमलव ७ केजी मात्र निर्यात भएको छ । म्याग्दीबाट निकासी भएका अन्य जडीबुटीमा मैन, निरमसी, कुट्की, अत्तिस, सिलाजित, लौठसल्ला, पदमचाल र वनलसुन रहेका छन् ।

आर्थिक वर्ष २०७२÷७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलो जडीबुटी निकासी भएको थियो । यसैगरी वनपैदावार र जडीबुटीजन्य उद्योगको प्रवद्र्धनका लागि वन कार्यालयले यसमा रु २० लाख अनुदान सहयोग गरेको छ ।

बेनी नगरपालिका– ९ मा रहेको निलपहरा सामुदायिक वन उपभोक्ता समूह र बेनपा– ३ मा रहेको हिमाली अल्लो कपडा बुनाइ उद्योगले रु दशदश लाख अनुदान पाएका हुन् ।

निलपहारा सामुदायिक वन उपभोक्ता समूहले थप रु दुई लाख लगानी गरेर टिमुर पिस्से, सुकाउने, तौलने र प्याकेजिङ गर्ने उपकरण खरिद गरेको छ । हिमाली अल्लो कपडा बुनाइ उद्योगले पनि थप रु दुई लाख लगानी गरेर अल्लो कपडा निर्माणका लागि आवश्यक औजार र कच्चापदार्थ खरिद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...