स्तकालयमा रु पाँचलाख बढीको अक्षयकोष



पोखरा लेखनाथ महानगरपालिका– ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित शहीद स्मृति पुस्तकालयमा रु पाँच लाख नौ हजार १०१ को अक्षयकोष स्थापना गरिएको छ ।

पुस्तकालय सञ्चालनका लागि ११ जना विभिन्न महानुभावबाट अक्षयकोषमा सहयोग प्राप्त भएको समाजका निवर्तमान अध्यक्ष वसन्त भण्डारीले जानकारी दिनुभयो ।

अक्षयकोष स्थापनाका लागि डा भरतबहादुर खत्रीबाट रु एक लाख ११ हजार १११ , विष्णुप्रसाद–ऋृषिराम बरालबाट रु एक लाख एक हजार १०५, हेरम्बप्रसाद कोइरालाबाट रु ५१ हजार १११, दुर्गादत्त ढुंगानाबाट रु ५० हजार १०५ सहयोग प्राप्त भएको छ ।

त्यस्तै गोविन्दबहादुर खत्रीबाट रु ३० हजार, महानगर वडा नं– ५ का वडाध्यक्ष धनबहादुर नेपाली, विश्वराज अधिकारी, लक्ष्मण कोइराला, कृष्णप्रसाद बराल, बाबुराम पौडेल र सुनिल खड्काबाट जनही रु २५ हजार १०५, दिनबन्धु भुर्तेलबाट रु २५ हजार १५५ अक्षयकोषमा प्राप्त भएको भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस्तकालयलाई महानगरकै एक नमूना पुुस्तकालय बनाइने र अक्षयकोषको राशिलाई बढाएर रु १५ लाखसम्म पु¥याइनेछ ।

प्रतिक्रिया दिनुहोस
भारतमा गाडी दुर्घटना, सात नेपालीको मृत्यु

    भारतको नैनीताल क्षेत्रमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ

ग्लोबल आइएमई बैंकद्धारा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना

    ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी

हरिप्रसाद लम्साल सचिवमा बढुवा

  प्रसाद लम्साल बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षाका  ‘क्याडर’का

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोशाकमा