स्तकालयमा रु पाँचलाख बढीको अक्षयकोष



हाम्रो इकोनोमि

पोखरा लेखनाथ महानगरपालिका– ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित शहीद स्मृति पुस्तकालयमा रु पाँच लाख नौ हजार १०१ को अक्षयकोष स्थापना गरिएको छ ।

पुस्तकालय सञ्चालनका लागि ११ जना विभिन्न महानुभावबाट अक्षयकोषमा सहयोग प्राप्त भएको समाजका निवर्तमान अध्यक्ष वसन्त भण्डारीले जानकारी दिनुभयो ।

अक्षयकोष स्थापनाका लागि डा भरतबहादुर खत्रीबाट रु एक लाख ११ हजार १११ , विष्णुप्रसाद–ऋृषिराम बरालबाट रु एक लाख एक हजार १०५, हेरम्बप्रसाद कोइरालाबाट रु ५१ हजार १११, दुर्गादत्त ढुंगानाबाट रु ५० हजार १०५ सहयोग प्राप्त भएको छ ।

त्यस्तै गोविन्दबहादुर खत्रीबाट रु ३० हजार, महानगर वडा नं– ५ का वडाध्यक्ष धनबहादुर नेपाली, विश्वराज अधिकारी, लक्ष्मण कोइराला, कृष्णप्रसाद बराल, बाबुराम पौडेल र सुनिल खड्काबाट जनही रु २५ हजार १०५, दिनबन्धु भुर्तेलबाट रु २५ हजार १५५ अक्षयकोषमा प्राप्त भएको भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस्तकालयलाई महानगरकै एक नमूना पुुस्तकालय बनाइने र अक्षयकोषको राशिलाई बढाएर रु १५ लाखसम्म पु¥याइनेछ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...