स्तकालयमा रु पाँचलाख बढीको अक्षयकोष



हाम्रो इकोनोमि

पोखरा लेखनाथ महानगरपालिका– ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित शहीद स्मृति पुस्तकालयमा रु पाँच लाख नौ हजार १०१ को अक्षयकोष स्थापना गरिएको छ ।

पुस्तकालय सञ्चालनका लागि ११ जना विभिन्न महानुभावबाट अक्षयकोषमा सहयोग प्राप्त भएको समाजका निवर्तमान अध्यक्ष वसन्त भण्डारीले जानकारी दिनुभयो ।

अक्षयकोष स्थापनाका लागि डा भरतबहादुर खत्रीबाट रु एक लाख ११ हजार १११ , विष्णुप्रसाद–ऋृषिराम बरालबाट रु एक लाख एक हजार १०५, हेरम्बप्रसाद कोइरालाबाट रु ५१ हजार १११, दुर्गादत्त ढुंगानाबाट रु ५० हजार १०५ सहयोग प्राप्त भएको छ ।

त्यस्तै गोविन्दबहादुर खत्रीबाट रु ३० हजार, महानगर वडा नं– ५ का वडाध्यक्ष धनबहादुर नेपाली, विश्वराज अधिकारी, लक्ष्मण कोइराला, कृष्णप्रसाद बराल, बाबुराम पौडेल र सुनिल खड्काबाट जनही रु २५ हजार १०५, दिनबन्धु भुर्तेलबाट रु २५ हजार १५५ अक्षयकोषमा प्राप्त भएको भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस्तकालयलाई महानगरकै एक नमूना पुुस्तकालय बनाइने र अक्षयकोषको राशिलाई बढाएर रु १५ लाखसम्म पु¥याइनेछ ।

प्रतिक्रिया दिनुहोस
एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...