नेताको सिफारिशमा पुलिसमा मिचियो रोल, बढुवा विरुद्ध लोकसेवा पछी क-कसले लगाउदै छन् अदालतमा पोल



नेताहरुको शिफारिसका आधारमा प्रहरीमा बढुवा गरिएको बिषय लोकसेवा आयोगमा पुगेको छ।
नेपाल प्रहरीमा भएको अतिरिक्त महानिरीक्षक (एआईजी) तथा उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिसविरुद्ध प्रहरी अधिकृतहरुले लोक सेवा आयोगमा उजुरी दिएका छन् । उजुरी सुन्ने समितिसमक्ष पुनरावेदन माग गर्दै एआईजी बढुवा विरुद्ध डिआईजी मुधु पुडासैनी तथा एसएसपी बढुवा विरुद्ध एसपी विभुतीराज पाण्डेले उजुरी दर्ता गरेका हुन । हाल तालिमको सिलसिलामा अमेरिकामा रहेका डिआईजी पुडासैनीले वारेस मार्फत तथा एसपी पाण्डे स्वयंम उपस्थित भएर उजुरी दर्ता गरेका हुन । उजुरी दर्ता संगै बढुवा प्रकरण लम्बिने र बिबादित हुने भएको छ।

एसएसपी बढुवा सिफारिसविरुद्ध एसपी विभूतिराज पाण्डेले पनि उजुरी दिएका छन् । आफूभन्दा जुनियरलाई बढुवा गर्दा आफूलाई छुटाइएको भन्दै उनले उजुरी दिएका हुन् । एसएसपी सुभाषचन्द्र चौधरीले पनि डीआईजी बढुवामा अन्याय भएको भन्दै दिए पनि उनले यस्तो उजुरी फिर्ता लिएका थिए । एआईजी बढुवा विरुद्ध उजुरी परेपछि नेपाल प्रहरीको बढुवा प्रक्रिया कम्तिमा दुई साता लम्बिने भएको छ ।
प्रहरी नियमावलीको प्रावधानअनुसार बढुवा सिफारिस भएको एक हप्ताभित्र चित्त नबुझे उजुरी दिन मिल्छ । लोकसेवा आयोगका अध्यक्ष नेतृत्वको उजुरी सुन्ने समितिमा मुख्यसचिव र कानुन मन्त्रालयका सचिव सदस्य रहन्छन् । उजुरी गरेको १५ दिनभित्र उजुरी सुन्ने समितिले टुंगो लगाउनुपर्ने प्रावधान छ । तर, समितिलाई नम्बर जोड्ने अधिकार भए पनि बढुवा सूची नै हेरफेर गर्ने अधिकार भने दिइएको छैन । यस अघी पनि आयोगमा बढुवा विरुद्ध उजुरी परेको थियो।नेताहरुले आफु अनुकुलका लाई शिफारिस गरेर प्रहरी लाई पंगु बनाउन थालेका छन। लोकसेवाले पनि उपयुक्त निर्देशन नगरे गृहमन्त्री विरुद्ध र प्रहरी प्रमुख विरुद्ध अदालतमा मुद्दा दायर गर्ने असन्तुस्ट प्रहरीहरु योजना रहेको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय