अदालतबाट सजाय सुनाइएका एक हजार कैदी फरार



हाम्रो इकोनोमि

अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् ।

विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३७० वर्ष सात महिना २२ दिन कैद सजायँसहित रु एक करोड ९१ लाख ७२ हजार जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत, नुवाकोटले जनाएको छ ।

फैसला कार्यान्वयन प्रभावकारी बनाउन सर्वोच्च अदालतको निर्णयअनुसार २०७१ कात्तिक १ देखि अदालतको फैसलाको कैद, जरिवाना लागेका वा सरकारी बिगो बुझाउन बाँकी व्यक्ति पक्राउ गरी असुलउपर गर्ने अभियान जारी रहे पनि यहाँका एक हजार कैदी अझै फरार रहेका छन् । फरार रहेका कैदीमा मानव बेचबिखन, ज्यान मुद्दा, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगलगायतका मुद्दामा दोषी ठहरिएका रहेका छन् ।

आव २०७३–७४ मा ४७५ जना दोषी ठहर भएका कैदी पक्राउ गरी उनीहरुबाट ३६५ वर्ष एक महिना सात दिनको कैद भुक्तानी गरिएको स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिनुभयो ।

पक्राउ परेका कैदीबाट जरिवाना असुलतर्फ रु २९ लाख २९ हजार लगत कट्टा गरिएको छ । न्यायालयबाट दोषी ठहर भएर फरार रहेकाबाट कैद र जरिवाना भराउन नुवाकोट जिल्ला अदालतले लक्ष्य पूरा गर्दैै आएकाले दोषीलाई कानुनी दायरामा ल्याउन प्रयास भइरहेको स्रेस्तेदार विष्टले बताउनुभयो ।

अदालतको फैसला कार्यान्वयनमा मुख्य भूमिका निर्वाह गर्दै आएको जिल्ला प्रहरी कार्यालय, नुवाकोट मुलुकभरको प्रहरी संगठनमा गएको वर्ष उत्कृष्ट हुँदै सम्मानितसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...