पुष्पलालको ३९ औँ स्मृति दिवसका अवसरमा भूकम्पपीडितलाई आर्थिक सहयोग



हाम्रो इकोनोमि

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ३९ औँ स्मृति दिवसका अवसरमा शुक्रबार भूकम्पपीडितलाई आर्थिक सहयोग र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीद्वारा आयोजित ‘वर्तमान अवस्थामा पुष्पलालको योगदान र जनप्रतिनिधिको दायित्व’ विषयको प्रवचन कार्यक्रममा कास्की जिल्लाअन्तर्गत भूकम्पबाट क्षति पुगेर पनि राज्यका तर्पmबाट कुनै सुविधा नपाएका पाँच परिवारलाई जम्मा रु ५० हजार आर्थिक सहयोग गरिनाका साथै पार्टीका तर्पmबाट स्थानीय तहमा निर्वाचित ९५ जनप्रतिनिधिलाई सम्मान गरियो ।

कार्यक्रममा रुपा गाउँपालिका–७ दाङ सिम¥याङकी प्रमिला परियार, पोखरा लेखनाथ महानगरपालिका–१३ का कृष्ण परियार, २८ माझठानाका राजकुमार गुरुङ, निर्मलपोखरी २१ का गुमा विक र सोविता विकलाई नगद प्रदान गरिएको थियो ।

सो अवसरमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं प्रदेश नं ४ का संयोजक किरण गुरुङले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको अनुकरणीय योगदान रहेको बताउँदै जनताप्रति उत्तरदायी भएर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले पुष्पलालको परिकल्पनानुरुप नै मुलुकमा सिंहदरबारको अधिकार जनताको घरदैलोमा आएको बताउँदै प्राप्त उपलब्धिको रक्षा गर्नु जनप्रतिनिधिको महत्वपूर्ण दायित्व हो भने ।

एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले ‘पुष्पलालको योगदान र जनप्रतिनिधिको दायित्व’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै जनप्रतिनिधि भ्रष्टाचारमुक्त र अध्ययनशील हुनुपर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयबाबु वनवासी, पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङ, मादी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ, प्रतिष्ठानका उपाध्यक्ष गोपाल गिरी, सचिव महेन्द्र रिमाललगायतले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्याएको योगदान अतुलनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...