राप्रपाले संंविधान संशोधनको पक्षमा समर्थन गर्ने



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिले संविधान संशोधनको पक्षमा समर्थन गर्ने निर्णय गरेको छ ।

सो पार्टीको तीन दिनसम्म बसेको बैठकले मुलुकको ७४४ स्थानीय तहका वडा तहसम्म सङ्गठन समायोजन गर्ने निर्णय गर्नुको साथै सरकारमा सहभागिता जनाउने विषयमा निर्णय लिन केन्द्रीय कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको छ ।

पार्टीले लिएको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थाको वैचारिक सन्देशलाई हरेक वडा, क्षेत्रमा पु¥याउन नसक्दा पार्टीले अहिलेको चुनावमा पराजय भोग्नपरेकाले विभिन्न राजनीतिक गतिविधि अभियानका रुपमा सञ्चालन गर्ने जनाएको छ ।

बैठकले मुलुकमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न नेपाली नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको चित्र अङ्कित गर्न माग गरेको छ ।

बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महामन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गर्नुभएको स्थानीय तहको निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री जयन्त चन्दले प्रस्तुत गर्नुभएको सांगठनिक अवस्था र भावी रणनीतिसम्बन्धी प्रतिवेदन पारित गरिएको छ ।

वरिष्ठ नेता पशुपतिशम्शेर राणा अनुपस्थित रहेको उक्त बैठकले उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा प्रदेश नं २ को निर्वाचन परिचालन समिति गठन गरिएको छ । सो समितिमा उपाध्यक्षद्वय राजीव पराजुली र रामचन्द्र राय सदस्य हुनुहुन्छ ।

संविधानले विश्वका प्रचलित प्रजातान्त्रिक अभ्यासलाई आत्मसात गरेकाले संविधानसँग सहकार्य गरी पार्टीको सिद्धान्त स्थापित गर्ने प्रतिबद्धता बैठकले जनाएको छ ।

आगामी माघ ७ गतेभित्र संसद् र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न पार्टीले सशक्त भूमिका निर्वाह गर्ने जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सो बैठकले ६० वर्ष पूरा भएका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउन माग गरेको छ ।

हिन्दू राष्ट्र स्थापना तथा बैद्ध, किराँतलगायत ओमकार परिवारभित्रका धर्मको संरक्षण गर्न धर्म तथा संस्कृति परिषद् गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले पार्टीभित्र देखिएका असन्तुष्ट मत तथा फरक विचारलाई सम्बोधन गरी एकताबद्ध भई आगामी निर्वाचनमा सहभागी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...