यसकारण बनाउनुपर्छ बीपीको निवासलाई संग्रहालय



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका पूर्व सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको निवासलाई संग्रहालयको रुपमा विकास गर्नुपर्नेमा वक्ताले जोड दिएका छन् ।

नेपाल ट्रेड युनियन काठमाडौँले आज कोइराला बसेको निवास मित्रपार्कमा आयोजना गरेको ‘चियापान’ कार्यक्रममा काँग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सत्ता बाहिर मात्र बिपीलाई सम्झने र सत्तामा पुगेपछि बिपीलाई बिर्सने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “बीपीको योगदानलाई काँग्रेसले उच्च मूल्याँकन गर्न सकेन ।”

विश्वेश्वरप्रसाद कोइरालाको बारेमा विद्यावारिधी गर्नुभएका प्राडा कृष्णप्रसाद दाहलले बिपी सात वर्षको कलिलो उमेरदेखि राजनीतिमा लाग्नुभएको स्मरण गराउँदै बिपीको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।

उहाँले नेपालका नेता बिपीको अमेरिकामा समेत शालिक रहेको बताउँदै उहाँ अन्तर्राष्ट्रिय नेता भएको उल्लेख गर्नुभयो ।

काँग्रेसका युवा नेता लोकेश ढकालले काँग्रेसले पछिल्लो समय बिपी कोइरालाको सिद्धान्त र आदर्शलाई बिर्सँदै गएको आरोप लगाउनुभयो ।

नेपाल ट्रेडयुनियन काठमाडौँका अध्यक्ष गणेश भट्टराईले राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनामा बिपी कोइरालाको ठूलो योगदान रहेको बताउनुभयो । २००३ सालमा नेपाली काँग्रेसको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएका बिपी २०१५ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँको २०३९ साल साउन ६ गते आजैको दिन निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...