३५ बर्ष अघी बितेका बीपीका नाममा अख्तियारमा उजुरी,करोडौको अपचलनमा गगन थापाले भर्ती गरेका रौनियार तानिदै



मोटो रकम बुझाएर धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएको आरोप खेप्दै आएका प्रा.डा.राजकुमार रौनियार पछिल्लो समयमा उठन्ती धन्दामा लागेको पाइएको छ । उनले आफुले शक्ति केन्द्रमा बुझाएको रकम अहिले किस्तावन्दी रुपमा उठाउनै पर्ने बाध्यता परेको भन्दै उठन्तीधन्दा चलाएको स्रोतले‘दाबी गरेको छ । उनलाई गगन थापा स्वस्थ मंत्री हुदा नियुक्त गरिएको थियो। आज बीपी स्मृति दिवस हो।उनको ३५ बर्ष अघी आजकै दिन निधन भएको थियो।

प्रतिष्ठानको उपकुलपति बन्न १४ करोड रुपियाँ बुझाएको आरोप खेप्दै आएका रौनियार अहिले सोही रकम उठाउनका लागि प्रतिष्ठानमा हुने भौतिक निर्माण उपकरण खरिद लगायतमा आर्थिक अनियमितता गर्न लागि परेको स्रोतले बताएको छ । प्रतिष्ठानमा भइरहेका भौतिक पूर्वाधार निर्माण तथा उपकरणहरु खरिदमा ठूलै आर्थिक अनियमितता हुदै आएको विषयमा अख्तियार दुरुपयोग अनुृसन्धान आयोगमा समेत उजुरी परेको छ । प्रतिष्ठानको भ्रष्टाचार तथा आर्थिक अनियमितताको विषयमा छानविन तथा कारबाहीका लागि आयोगले चासो देखाएपछि रौनियारको अहिले सातो गएको छ ।

प्रतिष्ठानले निर्माण गर्न लागेको क्यान्सर तथा मुटु उपचार सम्बन्धी भवनका लागि परामर्शदाता नियुक्ति गर्दा तथा एमआरआई मेशीन खरिद प्रकृयामा समेत करोडौं रुपियाँको आर्थिक चलखेल भएको भन्दै परेको उजुरीको विषयमा अख्तियारले चासो देखाएको हो । झण्डै चार अर्ब रुपियाँको लागतमा क्यान्सर तथा मुटु उपचार भवन निर्माण कार्यका लागि परामर्शदाता नियुक्ति गर्दा विगतमा निर्माण लागतको डेढ प्रतिशतमा प्रतिष्ठानमै काम गर्दै आएको केज कन्सल्टेन्सीलाई अहिले तीन दशमलव पाँच प्रतिशत दिने गरी परामर्शदाता नियुक्ति गरी सम्झौता गरिएको भन्दै छानविनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो । प्रतिष्ठानले एमआरआई मेशीन खरिद प्रकृयामा समेत ठूलै आर्थिक चलखेल गरिएको अतिख्यारमा परेको उजुरीमा उल्लेख छ । एमआरआई मेशिन खरिद सम्बन्धी बोलपत्र आह्वान गरिएपनि फिलिप्स कम्पनीको मात्र टेण्डर परेको भन्दै १२ करोड रुपियाँमा पाइने एक दशमलव पाँच टोस्ला मेशीनलाई रु.१६ करोडमा खरिद गर्ने गरी प्रकृया अघि बढाएको विषयमा समेत अख्तियारले चासो देखाएको स्रोतले बताएको छ । अख्तियारको पूर्वाञ्चल क्षेत्रीय प्रमुख प्रेम भट्टराईले प्रतिष्ठानमा भौतिक पूर्वाधार निर्माण उपकरण खरिद लगायत विविध आर्थिक अनियमितता र अदक्ष व्यवस्थापनको विषयमा परेका उजुरीहरुका सम्वन्धमा छानविन भइरहेको जानकारी दिएका छन् ।
प्रतिष्ठानले प्रतिष्ठान हाता भित्र आफैंले औषधि पसल सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि सो कुरालाई धोती लगाउँने काम भएको छ । त्यस प्रावधान विपरित लाइफ केयर नामको औषधि व्यवसायलाई सञ्चालन गर्न दिएको विषयलाई पनि अख्तियारले गम्भीर रुपमा हेरेको क्षेत्रीय प्रमुख भट्टराईको भनाइ रहेको छ । नियम अनुसार औषधि व्यवसाय आफैंले सञ्चालन गर्नुपर्नेमा प्रतिष्ठानले लाइफ केयरलाई दिंदा त्यहाँ पनि आर्थिक अनियमितता भएको अख्तियारले समेत आशंका गरी त्यस विषयलाई पनि छानविनको दायरामा ल्याउने भएको बताइएको छ ।

रौनियार लगायतको मिलेमतोमा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुको सट्टा अरबौको लागतमा भौतिक पूर्वाधार निर्माण र उपकरण खरिदलाई प्राथमिकता दिंदै आर्थिक चलखेलमा ध्यान दिन थालेको सेवाग्राहीहरु समेतको आरोप छ ।

त्यसैगरी आर्थिक चेलखेल गर्नका लागि प्रतिष्ठानले नियम विपरित लिन लागेको एमडी एमएस तहको पुनः प्रवेश परीक्षा उच्च अदालत विराटनगरले रोक्न आदेश दिएको छ । एमडी एमएस तहको प्रवेश परीक्षामा तोकिएको संख्या बराबर विद्यार्थीहरु उत्तीर्ण नभएको भन्दै यही साउन ८ गते पुनः प्रवेश परीक्षा लिने सूचना जारी गरेको थियो । प्रतिष्ठानको कार्यविधि तथा पाठ्यक्रममा समेत पुनः प्रवेश परीक्षा लिने प्रावधान नरहेपछि उच्च अदालत विराटनगरका न्यायाधीश शिवराज अधिकारीको इजलासले पुनः प्रवेश परीक्षा गर्न रोक लगाएको हो ।

यसअघि भएको प्रवेश परीक्षामा उत्तीर्ण भई वैकल्पिक सूचीमा रहेका पाँच विद्यार्थी पुनः प्रवेश परीक्षा रोक्न माग गर्दै उच्च अदालत पुगेका थिए । प्रतिष्ठानका उपकुलपति रौनियार र अस्पताल निर्देशक गौरीशंकर साह समेतका पदाधिकारीहरुले विदेशी विद्यार्थीहरुसँंग बढी रकम असुल्नका लागि पुनः परीक्षा लिन लागेको विद्यार्थीहरुको आरोप रहेको थियो । आर्थिक अनियमितताका विषयमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. रौनियारसंँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन् सकेन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय