कानुन नबन्दा लोकसेवा आयोग अन्योलमा



हाम्रो इकोनोमि

संघीय संरचना ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल नै रहेको छ ।

संविधानले प्रत्येक प्रदेशमा प्रदेश लोकसेवाको परिकल्पना गरेपनि गठनबारे नियम, कानुन नहुँदा अन्योल भएको हो ।

प्रदेश निर्वाचन नहुँदासम्म आयोगको गठन प्रक्रिया अन्योल रहेको लोकसेवा आयोगका सचिव मधुप्रसाद रेग्मीले जानकारी गराउनुभयो ।

उहाँले आयोगको गठन, काम, कर्तव्य र अधिकार संविधानमा नै प्रदेश कानुनबमोजिम हुने भनेपछि अहिल्यै गठन गर्न नसकिने बताउनुभयो ।

“आयोगको गठन प्रक्रिया के हो भनेर संविधानमा स्पष्ट व्यवस्था छैन”, उहाँले थप्नुभयो–“प्रदेशको निर्वाचन भएपछि मात्र आयोग गठनको प्रक्रिया शुरु हुन्छ ।”

संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा लोकसेवा आयोग हुने व्यवस्था उल्लेख गरिएको छ ।

लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीको परीक्षा लिन पाउने भने तापनि कसरी लिने भन्ने पनि कहीँ स्पष्ट उल्लेख गरिएको छैन ।

प्रदेश आयोगलाई संवैधानिक अंगका रुपमा मान्यता दिनुपर्ने भन्दै उहाँले भन्नुभयो–“यदि संविधानकै अंग बनाइएन भने प्रदेश आयोग स्वच्छ, मर्यादित बन्न सक्दैन ।”

यसैगरी लोकसेवा आयोगले संघीय निजामती कर्मचारीको भर्ना र परीक्षाका लागि प्रत्येक प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने भएको छ ।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले संघीय निजामती कर्मचारीका लागि सातवटै प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने बताउनुभयो ।

उहाँका अनुसार प्रदेश राजधानी भएका ठाउँमा आयोगको प्रदेश कार्यालय रहने छ । अहिले भएका क्षेत्रीय र अञ्चल कार्यालयलाई नै प्रदेश कार्यालय बनाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...