दार्जीलिङमा आन्दोलनकारीले नेपाली भेषभूषामा जुलुस निकाले,दार्जीलिङबाट सेना फिर्ता बोलाइयो



हाम्रो इकोनोमि

गोर्खाल्याण्डको माग गर्दै ३३ दिन यता बाट जारी आन्दोलन अझै मथ्थर भएको छैन,अरु उग्र बन्न थालेको छ।
पश्चिम बंगाल सरकारको अनुरोधमा दार्जीलिङबाट सेना हटाइएपछि गोर्खाल्यान्ड समर्थकहरूले बिहीवार हिंस्रात्मक प्रदर्शन गरेका छन् । उनीहरूले लामाहत्तामा दुईवटा सरकारी कार्यालयमा आगजनी गरे ।

गोर्खा जनमुक्ति सेना (गोजमो) का समर्थकहरूले कर विभागको कार्यालय र पञ्चायत कार्यालयमा पेट्रोल बम प्रहार गरेर खरानी बनाइदिएको प्रहरीले बतायो ।
गोजमो तथा अन्य दलका समर्थकहरूले जिल्ला मजिस्ट्रेटको कार्यालयबाहिर पनि प्रदर्शन गर्दै इन्टरनेट सेवा पुनर्बहाली गर्न माग गरे । दार्जीलिङमा विगत ३३ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध छ ।
राज्य सरकारको अनुरोधमा जुलाई ८ मा सेना तैनाथी गरिएकोमा जुलाई १८ देखि सेनालाई फिर्ता बोलाइएको एक रक्षा अधिकारीले बताए ।
पहाडका विभिन्न दलले पश्चिम बंगालका गभर्नर केएन त्रिपाठीलाई बिहीवार भेटेर एक ज्ञापनपत्र बुझाएका छन् ।
केही पार्टी कार्यकर्ताले परम्परागत नेपाली भेषभूषामा सजिएर बिहान –याली निकाले ।
प्रहरी र सुरक्षाबलले सडकमा गस्ती गरेर प्रवेशविन्दुहरूमा कडा निगरानी गरिरहेको छ । औषधिपसलबाहेक सबै पसल, रेस्टुराँ, होटेल, विद्यालय र कलेजहरू बन्द छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...