चन्द्रागिरि हिल्स र यती एयरलाइन्सबीच सेवाग्राहीलाई छुट लिने दिने विषयमा सम्झौता



हाम्रो इकोनोमि

काठमाण्डौं । चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिक बिच सेवाग्राहीलाई छुट लिने दिने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार यती एयरलाइन्समार्फत हवाइ यात्रा गर्नुभएका यात्रु महानुभावहरुले हवाई यात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २०९बीस० प्रतिशत छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ भने चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११(एघार) देखि २०(बीस) प्रतिशत सम्म छुट पाउने व्यवस्था मिलाइएको छ । यो छुट योजना २०७४ श्रावण १ गते देखि २०७५ असार मसान्तसम्म लागु हुनेछ ।

सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेक विक्रम शाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना केसीले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...