किन लगाइयो ​२० जलविद्युत् आयोजनालाई साढे ५ करोड जरिवाना ?



नेपाल विद्युत् प्राधिकरणले २० जलविद्युत् आयोजनालाई शर्तबमोजिम बिजुली उत्पादन गर्न नसकेको भन्दै जरिवाना गरेको छ । आफैंले कबोल गरेको विद्युत् उत्पादन गर्न नसकेको भन्दै प्राधिकरणले आर्थिक वर्ष २०७३–०७४ मा जरिवाना गरेको हो ।

हालसम्म निजी क्षेत्रबाट ४ सय ४१ मेगावाट बराबरका ६० जलविद्युत् आयोजना निर्माण सम्पन्न भएकोमा यसरी एकतिहाई निजी जलविद्युत् आयोजनाले जरिवाना तिर्नुपर्ने अवस्था आउनुलाई प्राधिरकणले गम्भीर रुपमा लिएको छ ।
कबोल गरेभन्दा ८० प्रतिशता कम उत्पादन गरेपछि सबै आयोजनालाई ५ करोड ५१ लख ८२ हजार रुपैयाँ जरिवाना गरिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । “निजी क्षेत्र आफैंले कबोलेको विद्युत् उत्पादन गर्न नसकेकाले यस्तो जरिवाना तिर्नुपरेको हो,” उनले भने, “निजी प्रवद्र्धकले प्रक्षेपण गरेको ऊर्जा तालिकामा १० प्रतिशतसम्म घटाएर मासिक रुपमा कबोल गर्न पाउने र त्यसको पनि ८० प्रतिशतभन्दा कम विद्युत् उत्पादन भएमा मात्र जरिवाना लगाउन सकिने व्यवस्था छ ।”

प्राधिकरणले हिउँदयाममा सम्झौता ऊर्जा (कन्ट्र्याक्ट इनर्जी)को ९० प्रतिशत र वर्षामा ६० प्रतिशतसम्म उत्पादन गर्नुपर्ने र त्योभन्दा कम उत्पादन भएमा जरिवाना तिर्नुपर्ने व्यवस्था छ । जसअनुसार विद्युत् उत्पादन नभएमा सोही परिमाण बराबर निजी प्रवद्र्धकहरूले जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

जरिवाना तिर्ने केही आयोजना
३ मेगावाटको चाकु खोला ९ लाख ८ हजार
३ मेगावाटको पिलुवाखोला २१ लख ११ हजार
४.५ मेगावाटको माईखोला १२ लाख ३९ हजार
२.४ मेगावाटको रिदीखोला ५ लाख ८५ हजार
४.९५ मेगावाटको सिउरीखोला ६७ लाख २२ हजार
४.४१ मेगावाटको विजयपुर–१ ५८ लाख ९१ हजार
१.८ मेगावाटको मिडिल चाकु ८ लाख ९४ हजार
५ मेगावाटको तादी खोला २९ लाख ७१ ह्जार
३.५२ मेगावाटको चर्नावती खोला २ लाख ४९ हजार
१.८ मेगावाटको लोअर चाकु १५ लाख ७३ हजार
२२ मेगावाटको सानिमामाई १५ लाख ८१ हजार
५ मेगावाटको मैलुङ खोला १ करोड ८५ लाख
३ मेगावाटको अपर पुवा–१ २३ लाख ७० हजार
५ मेगावाटको हुङ्दी खोला १ लाख ६८ हजार
९.४ मेगावाटको आँधीखोला १९ लाख ६२ हजार
७ मेगावाट माईक्यासकेट ४ लाख ३५ हजार
२ मेगावाट झ्याङ्डी ६८ लाख ८१ हजार

त्यसैगरी, १८३ किलोवाट स्याङ्गेखोलाले १० हजार, ४।९५ मेगावाट सिउरीखोलाले ६७ लाख २२ हजार, ४.४१ मेगावाटको विजयपुर–१ ले ५८ लाख ९१ हजार, १।८ मेगावाटको मिडिल चाकुले ८ लाख ९४ हजार, ५ मेगावाटको तादी खोलाले २९ लाख ७१ हजार, ३.५२ मेगावाटको चर्नावती खोलाले २ लाख ४९ हजार, १.८ मेगावाटको लोअर चाकुले १५ लाख ७३ हजार, २२ मेगावाट सानिमामाइले १५ लाख ८१ हजार, ५ मेगावाट मैलुङ खोलाले १ करोड ८५ लाख, ३ मेगावाट अपर पुवा–१ ले २३ लाख ७० हजार जरिवाना तिरेको प्राधिकरणले जनाएको छ ।

यस्तै, ५ मेगावाटको अपर हुङ्दीखोलाले १ लाख ६८ हजार, ९.४ मेगावाटको आधीखोलाले १९ लाख ६२ हजार, ७ मेगावाटको माई क्यासकेटले ४ लाख ३५ हजार, २ मेगावाटको छ्याङखोलाले ४१ हजार र २ मेगावाटको झ्याङ्डी जलविद्युत्ले ६८ लाख ८१ हजार जरिवाना तिरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
जसरी भएपनि सरकार पूरा अवधि चल्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने

६ जना सांसद लिएर पार्टी फुटाउँदै झलनाथ

     पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ  खनालले एकीकृत समाजवादीबाट

जसपा फुटाउन धेरै खर्च गरिएको देखियो : उपेन्द्र

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको बहुमत सदस्य

गैरकानूनी ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो : उपेन्द्र यादव

     जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईले आफ्नो