अनेरास्ववियुको विस्तारित बैठक साउन २२ देखि २६ गतेसम्म चितवनमा हुने



नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठक यही साउन २२ देखि २६ गतेसम्म चितवनमा बस्ने भएको छ ।

करिब छ महिनाअगाडि बस्नुपर्ने सो बैठक लामो समयसम्म प्राविधिक कारणले बस्न नसकेकाले अहिले बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बैठकमा मुलुकको सङ्घीय राज्य प्रणालीअनुसार संगठनलाई समायोजन गरी नयाँ संरचनाअनुरुप कसरी शैक्षिक क्षेत्रको विकास गर्न सकिन्छ भनेर छलफल गरिने बताइएको छ ।

संगठनको भावी कार्ययोजनाका लागि आवश्यक रणनीति तयार पारिने उक्त बैठकमा अबको विद्यार्थी आन्दोलनको मार्गचित्र प्रस्ट पारिने युनियनका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

मुलुकमा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिका निर्वाह गर्दै आएको सो संगठनले लोकतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनमा सहभागी भई परिवर्तनका लागि सहयोग गर्दै आएको छ । देशका विभिन्न स्थानमा दैवी प्रकोप, बाढीपहिरो तथा विपद्मा परेका पीडितलाई संगठनले सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री दाहाल ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने

    चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा

एमाले बागमती अधिवेशन- आज उम्मेदवारी दर्ता, भोलि मतदान

      नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

एमाले बागमती प्रदेश अधिवेशन निर्वाचन सुरु

  नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।