आयो नयाँ नियम फिला देखाउने युवतीलाई पाँच हजार जरिवाना, बाईक र मोबाइल चलाए निस्कासन



भन्नलाई स्टुडेन्ट लाइफ इज गोल्डेन लाइफ भनिन्छ। एसईई उत्तिर्ण गरिपछि धेरै विद्यार्थीको चाहना स्वतन्त्रतामा रमाउने हुन्छ।
कक्षा ११ र १२ को अध्ययन समयलाई कलेज लाइफ भन्ने गरिन्छ। तर अब विद्यार्थीलाई स्वतन्त्रताका लागि सरकारले बन्देज लगाउने तयारी भैरहेको छ।
हाल मन्त्रिपरिषदमा छलफलका लागि प्रस्तुत गरिएको प्रचलित शिक्षा ऐनको आठौं संशोधनले यस्तो बन्देज को व्यवस्था गर्न लागेको हो।

उक्त संशोधित ऐन र नियमावली जारी भएपछि हरेक +२ ले अनिवार्य रूपमा आचारसंहिता लागू गर्नैपर्छ।
नयाँ नियमावलीमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि मोबाइल र बाइकमा बन्देज लागइएको छ। त्यसबाहेक कलेज ड्रेसमा बाइक चलाउन पनि रोक लगाइएको छ।
नियम पालना नगरे ५ हजार जरिवाना र जफतसम्मको व्यवस्था हुनेछ। आइपड र ल्यापटप विद्यालयको स्वीकृति लिएर मात्र चलाउन पाइन्छ।
यस्तै छात्राहरूका लागि छोटा स्कर्ट लगाउनेलाई पनि कारबाही हुनेछ। स्कर्ट लगाउँदा घुँडाभन्दा कम्तिमा दुई इन्च तल हुनुपर्नेछ। यसको उल्लंघन गरे कलेजबाट निस्कासन गरिनेछ।
यस्तै विद्यालय पोसाकमा कुनै पनि सिनेमा हल, पार्क, सपिङ मल, होटल आदि स्थानमा गएको पाइए सरोकारवालाले प्रहरीलाई जिम्मा लगाइ कारबाही गर्ने व्यवस्था छ।यस्तै कलेज बंक गरे २ हजार रूपैयाँदेखि बोर्ड परीक्षासमेत दिन नपाउने गरी । गरिनेछ। चुज पाइन्ट लगाउन पाइनेछैन।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको