आयोगका सिफारिस कार्यान्वयनमा जोड



हाम्रो इकोनोमि

राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनमा संलग्नलाई नेपाल सरकारद्वारा पदोन्नति र विभूषित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज नेपाल प्रहरी प्रमुख तथा गृह मन्त्रालयका सहसचिवसँग छलफल गरी मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई नै सरकारले पदोन्नति र विभिन्न विभूषण प्रदान गरिएकोेप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

विभिन्न मितिमा गरिएका सिफारिसको सम्बन्धित निकायबाट कार्यान्वयन न्यून रहेकोप्रति पनि आयोग गम्भीर रहेको जनाएको छ ।

सो अवसरमा आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगद्वारा छानबिन गरी हत्या, बेपत्ता, यातनाजस्ता गम्भीर खालका मानवअधिकार हनन र मानवीय कानुनको उल्लंघनजस्ता अपराधमा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेका व्यक्तिलाई नै पदोन्नति तथा विभूषित गरिनु दुःखद भएको बताउनुभयो ।

आयोगका सिफारिसलाई गम्भीररुपमा लिन आग्रह गर्र्दैै उहाँले सुन्तली तामाङमाथि बलात्कार गरी हत्या भएको घटनालाई हत्यामा मात्र मुद्दा चलाइएको र न्यायमा ढिलाइ भएको सम्बन्धमा विशेष ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै, दयाराम परियारको हत्या, गोदार हत्या लगायतमा संलग्न कतिपय दोषीलाई तत्काल कानुनी कारबाही नभएको, कारबाही भएकाको हकमा पनि फितलो अनुसन्धान एवं मुद्दा कमजोर बनाएको, प्रहरी हिरासतमा थुनुवाद्वारा थुनुवाकै कुटपिट हुने गरेको, बलात्कार, छाउपडी लगायतका घटनामा पर्याप्त प्रमाण हुँदाहुँदै पनि उजुरी दर्ता नहुने वा कम हुने गरेकोप्रति आयोगले दुःख प्रकट गरेको छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आयोगका निर्देशन तथा सिफारिसलाई संवेदनशील रुपमा लिई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।

प्रतिक्रिया दिनुहोस
सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन : महासचिव पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...