सुतेको आरोप लागे पछी प्रधामन्त्रीले क्याबिनेट बाट दिए जवाफ,गठन भयो आयोग



बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले संविधानको धारा २८६ बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीस कमल नारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

यसैरी सदस्यहरुमा माधव अधिकारी, डा. विश्वकल्याण पराजुली, गणेशराज कार्की र सदस्यसचिवमा योगेन्द्र शर्मा पौडेल रहेका छन्।
अयाेगलार्इ २१ दिनभित्र अाफ्रनाे प्रतिवेदन तयार पारेर सरकारसमक्ष पेश गर्न निर्देशन पनि दिइएकाे छ।

नेपालको संविधानको धारा, २८६ मा निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी व्यवस्था छ । संविधानबमोजिम सर्वोच्च अदालतका सेवा निवृत्त न्यायाधीशको अध्यक्षतामा गठन हुने आयोगमा भूगोलविद्, समाजशास्त्री वा मानवशास्त्री, प्रशासनविद् वा कानूनविद् सदस्य रहने व्यवस्था छ ।एमाले उपाध्यक्ष भीम रावलले व्यवस्थापिका संसद बैठकमा बोल्दै काँग्रेस सभापति शेरबहादुर देउवाको सरकार काम नगरी सुतिरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय