देउवालाई कुम्भकर्ण जस्तै सुताहा भन्दै एमाले उपाध्यक्षले संसदमा अरु के-के फलाके?



सरकार सुस्त भएको चौतर्फी आलोचना भैरहदा एमाले उपाध्यक्ष भीम रावलले व्यवस्थापिका संसद बैठकमा बोल्दै काँग्रेस सभापति शेरबहादुर देउवाको सरकार काम नगरी सुतिरहेको आरोप लगाएका छन् । रावलले वर्तमान सरकार गठन भएको दुई महिना वित्न लाग्दा समेत आगामी प्रदेश र केन्द्रको निर्वाचनका लागि कुनै तयारी नगरेको भन्दै सुतेकै सरह भएको आरोप लगाए । उनले देउवाको कार्यकालमा सिन्को पनि नभाचिने ठोकुवा समेत गरे।

देउवाको आलोचना गर्दै उनले भने, ‘आफुहरुले कयौँ पटक भन्दा पनि बल्ल प्रदेश र केन्द्रको निर्वाचन कानुनको मस्यौदा संसदको कार्यसूचीमा देख्न पाइयो । अझै राष्ट्रसभाको निर्वाचन कानुनको मस्यौदा कहिले बन्ने हो थाहा छैन ।’ उनले तत्कालीन केपी ओलीको सरकार ढालेर आलोपालो सरकार चलाउने ‘चरण–चरणको’ गठबन्धन भएको बताए । उनले चरण–चरणको गठबन्ध शब्द पटक–पटक दाेहोर्‍याए । सरकार बिरुद बोलिरहादा उनी थप आक्रोशमा आएका थिए।

उनले जनतालाई अधिकार सम्पन्न बनाउन संघीयता कार्यान्वयन गर्नु पर्नेमा सरकार उल्टै जनप्रतिनिधिका अधिकार कटौती गर्न तिर लागेको रावलको आरोप छ । उनले प्रचण्ड सरकारलाई पहिलो चरण र देउवा सरकारलाई दोस्रो चरणको गठबन्धन भन्दै आलोचन समेत गरे । प्रमुख प्रतिपक्षी एमालेले यतिबेला संसदमा सत्ताधारी लाई पेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय