मेडिकलमा आगलागी हुँदा अठार लाख बढीको क्षति



हाम्रो इकोनोमि

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको आयुष क्लिनिक तथा सुवास फार्मेसीमा गएराति आगलागी हुँदा रु अठार लाख ३५ हजार बराबरको धनमाल क्षति भएको छ । पसलभित्र राखेको औषधि, फर्निचर, टिभी, फ्रिज र प्रयोगशालाका सामग्री पूरै जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा, प्रहरी र वारुण यन्त्रको सहायताले आगलागी नियन्त्रण गरिएको झलारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताउनुभयो । आगलागी हुनुको कारण भने खुल्न सकेको छैन ।
पसल सञ्चालक पुष्पराज पन्तले पसल बन्द रहेका बेला अज्ञात व्यक्तिले भेन्टिलेसनबाट आगो लगाएको आरोप लगाउनुुभयो ।

बैंकबाट कर्जा लिएर सञ्चालन गरेको पसल पूरै जलेर नष्ट भएपछि बिचल्ली भएको गुनासो गर्दै उहाँले भन्नुभयो – “बैंकको कर्जा कसरी तिर्ने भन्ने समस्या उत्पन्न भएको छ ।”

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...