निर्वाचन आयोगले दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनकालागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। आयोगको बुधबार बसेको बैठकले दुई नम्बर प्रदेशकाको निर्वाचनकालागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो।
आगामी जेट दुई गते दुई नम्बर प्रदेशका आठ जिल्लामा तेस्रो चरणको स्थानीय तह निर्वाचन हुँदैछ। त्यसका लागि आयोगले आठ जिल्लाका १२७ स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भदौ २१ गते उम्मेदवारी मनोनय पत्र दर्ता गर्ने र भदौ २४ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार उम्मेद्वारी मनोनय दर्ता, निर्वाचन चिन्ह प्रदान र असोज २ गते विहान सात बजेदेखि अपरान्ह पाँच बजेसम्म मतदान गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरको हो।