चूडामणीलाई ज्यान मार्ने धम्की दिने र श्रीमतीको गोप्य अंग हडप्न खोज्नेलाई पनि प्रहरीले बढुवा गर्दै



प्रहरीले छानी छानी बदमासलाई बढुवाको तयारी गर्न थालेको पाइएको छ। डिएसपी सञ्जीव शर्मालाई बढुवा सिफारिस गरेपछि आलोचना खेपेका गृहमन्त्री जनार्दन शर्माले उनलाई निलम्बन गर्न आदेश दिए। त्यस्तै महिला हिँसा र ज्यान मार्ने धम्की दिएको आरोप खेपेका अरु दुइ जनालाई पनि बढुवा गर्ने निर्णय भएको भन्दै आलोचना हुन् थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा र उनकी श्रीमती कल्पना शर्मालाई हात हालेका २ प्रहरी निरीक्षक बढुवाका लागि सिफारिस भएकाछन् ।

शर्माकी श्रीमतीले खाना लैजाने क्रममा प्रहरी निरीक्षक शिव बस्नेत, भुपेन्द्र कार्की र नरेन्द्र कुवँरले हिरासतमा रहेका चूडामणि शर्मा र कल्पना शर्मालाई दुरब्यवहार गर्दै अपशब्दमात्र बोलेनन् ,ज्यानै मार्ने सम्मको धम्की दिएका थिए । नियमित जसो खाना खान सहजरुपमा दिइए पनि पछिल्लो समय नियोजितरुपमा शर्मा परिवार माथी प्रहार गर्ने गरेको बुझिन आएको छ । र शर्माकी पत्नीले जीवन रक्षाको माग राख्दै र ज्यान मार्ने धम्की दिएका प्रहरीलाई कारबाही गर्न माग गर्दै निवेदन समेत दिएकी थिइन। प्रहरीले शर्माकी श्रीमती लाइ धकेल्ने बहानामा संबेदन शील अंगमा छोएको समेत आरोप लागेको छ।

डिएसपी बढुवामा सिफारिस भएका कार्कीले अपशब्द बोल्दै दुरब्यवहार गर्ने क्रममा शर्मालाई हिरासतमै हातै सम्म हालेका हुन् । भुपेन्द्र कार्कीले मुखमै हान्ने गरि हात लैजादाँ शर्मा श्रीमतीले हार गुहार गरेर बचाएकी थिइन् । कल्पनाले रोकेपछि अख्तियारको हिरासत कक्षमा उत्पात मच्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय