सामाजिक सुरक्षा भत्ता लिन दुई दिन



हाम्रो इकोनोमि

डडेल्धुराका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालेपछि डडेल्धुराको परशुराम नगरपालिकाका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नका लागि दुई दिनको यात्रा गर्नुपरेको हो ।

डडेल्धुराको भित्री मधेश क्षेत्रको परशुराम नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा परशुराम नगरपालिका लालढुंगामा रहेको ग्लोबल बैंकले पाएको छ । परशुराम नगरपालिकाका दुर्गम गाउँका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि लालढुंगामा रहेको बैंकमा आउनु पर्ने बाध्यता रहेको छ ।

परशुराम नगरपालिकाको बसौटी, साँदनी, मलास, कुरमुल्ले, ग्वान्नीलगायतका दर्जनौँ गाउँका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनसम्म लाग्ने गरेको छ ।

यातायातको पहुँच नभएका गाउँका वृद्ध पैदलै हिँडेर बैंकसम्म पुग्न बाध्य भएका छन् । बैंकसम्म पुगेपनि दिनभर लाइनमा बसेर सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने गरेको छ । सामाजिक सुरक्षा भत्ताबाट गाउँसम्म पुग्ने व्यवस्था गरिदिन वृद्धले आग्रहसमेत गरेका छन् ।

गाविस सचिवले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै नेपाल सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनेसँगै डडेल्धुरामा रहेका दुईवटा नगरपालिकाका वृद्धलाई सास्ती हुने गरेको छ । सामाजिक सुरक्षा भत्ताका लागि बैंकसम्म पुग्नै गाह्रो छ भने बैंकमा पुगेपछि पनि दिनभर लाइनमा उभिनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस
क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...

तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...