मेयर भन्छन-कांग्रेस र मालेका नेताले दश करोडको जग्गा हडप्न खोजे, माफिया भन्छन- चोलेन्द्र प्रधानन्यायाधिश बने पछी कब्जा गर्छौ



झापाको बिर्तामोड नगरपालिकाका मेयरले १६ बिगाहा जमिन कांग्रेस र मालेका नेताले पचाउन खोजेको तथ्य सार्बजनिक गरेपछी सिंगो झापा हल्लिएको छ।
बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटीले मुख खोलेपछि बिर्तामोडको बहुचर्चित डोमालाल राजवंशी रंगशालाको विवाद फेरि चर्किएको हो । शिवाकोटी एमालेका तर्फबाट मेयरमा निर्वाचित भएका हुन्।

२० वर्षअघि उनै शिवाकोटी तत्कालीन अनारमनी गाविसको अध्यक्ष हुँदा हाल डोमालाल राजवंशी रंगशाला रहेको जग्गालाई केही जग्गा माफियाहरुले हडप्ने प्रपञ्च गरेको विषयमा मेयर शिवाकोटीले मुख खोलेपछि अनेकन् तथ्यहरु बाहिर आएका हुन् ।

२० वर्षअघि उक्त जग्गा बेचबिखनको बिषयलाई कतिपय दलहरुले यसपटकको स्थानीय तहको चुनावमा चुनावी मसला बनाएका थिए । तर, सो बिषयमा मेयर शिवाकोटीले प्रष्ट पार्दे भनेका छन्, ‘देवी गुठीको जग्गालाई राज गुठीमा परिवर्तन गरी जग्गा हडप्न खोज्नेहरुलाई मैले त्यतिबेला नै नांगेझार पार्ने काम गरेको हुँ । मलाई सम्मान गर्नुपर्नेमा उल्टो नानाथरी बोल्दै हिँडेछन् ।’

यो डोमालाल रंगशाला प्रकरण चुनावको बलियो एजेण्डा बनेको थियो । त्यस प्रकरणलाई कांग्रेस र माओवादीले मसला बनाएका थिए । अहिले मेयर शिवाकोटीले त्यस प्रकरणमा नेपाली कांग्रेस र मालेका नेता मुछिएको तथ्य बाहिर ल्याइदिएपछि तहल्का मच्चिएको छ ।

उनले आफू गाविस अध्यक्ष भएको बेला नेपाली काँग्रेसबाट बिजयी तत्कालीन वडाध्यक्ष भोजराज सिटौलाले देवी गुठीको जग्गालाई राज गुठीमा लैजान सिफारिस गरेको भए पनि आफूले रोकेको र मालपोतमा गएर पुनः देवी गुठीमै फर्काएको प्रष्ट पारे ।

उनले थपे, ‘अब भन्नुहोस्, यो जग्गा खाने दाउ क–कसको थियो ?’

मेयर शिवाकोटीले भने, ‘जग्गामा लगानी गर्ने काठमाडौँका रमेश महर्जन, नेकपा मालेका नेता तथा पूर्वमन्त्री खगेन्द्र प्रसाईं, खेमप्रसाद मैनाली, गणेश ओली र तत्कालीन अधिकृत स्तरका एकजना सरकारी कर्मचारीको प्रत्यक्ष हात थियो ।’मालेका नेता प्रसाई सिपी मैनालीका मामा हुन्।उनले मंत्री हुदा राखेका गाडी चालक दुर्गा परियारको ८ लाख खाईदिएका थिए।दुर्गाले पाच बर्ष खाडीमा बसेर कमाएको पैसा प्रसाईले खाए पछि उनी २ छोरी सहित सडकमा पुगेका छ।

आफूले बरु त्यो जग्गालाई बचाउनका लागि डोमालाल रंगशाला बनाउने पहल गरेको उनले बताए ।
जग्गामा लगानी गर्ने काठमाडौँका रमेश महर्जन, नेकपा मालेका नेता तथा पूर्वमन्त्री खगेन्द्र प्रसाईं, खेमप्रसाद मैनाली, गणेश ओली र तत्कालीन अधिकृत स्तरका एकजना सरकारी कर्मचारीको प्रत्यक्ष हात थियो ।’

हाल यो जग्गाको विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा छ । १६ बिघा क्षेत्रफलको सो जग्गा डोमालाल राजवंशी नाम गरेका व्यक्तिले देवी गुठीको नाममा दान गरेका थिए ।
अहिले सो जग्गाको मूल्य दशौ करोड पर्न आउँछ । सो जग्गा दान गर्ने डोमालालका सन्तती अहिले रिक्सा कुदाएर गुजारा गर्दछन् भने उनैले दिइको दानमा र्याल काढ्नेहरु सकृय भएका थिए । अझै पनि भूमाफियाले उक्त जग्गामा आँखा लगाईरहेका छन। सर्बोच्चमा पनि सो गिरोहले चोलेन्द्र शमशेर जबरा प्रधान न्यायाधिश भए पछि आफ्नै पक्षमा फैसला गराउने भन्दै आफु निकटका लाइ सुनाउने गरेका छन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय