राप्रपा बैठक आज पुन: शुरु, वरिष्ठ नेता पशुपति आज पनि अनुपस्थित



राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पुनः शुरु भएको छ ।

नयाँ बानेश्वरमा बुधबार शुरु भएको सो बैठक स्थान परिवर्तन गरी आज टङ्गालमा बसेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बिहान ८ बजे शुरु गरिएको सो बैठकमा वरिष्ठ नेता पशुपति शम्शेर राणा आज पनि अनुपस्थित हुनुहुन्छ ।

परिमार्जित संविधान संशोधनको पक्षमा नेताले सुझाव दिनुभएको उक्त बैठकमा पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा पनि टुङ्गो लगाइने सम्भावना छ ।

बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महामन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गर्नुभएको स्थानीय तहको निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री जयन्त चन्दले प्रस्तुत गर्नुभएको सांगठनिक अवस्था र भावी रणनीतिसम्बन्धी प्रतिवेदनका बारेमा छmलफल शुरु भएको प्रवक्ता भुवन पाठकले बताउनुभयो ।

शुक्रबारसम्म जारी रहने उक्त बैठकमा कोषाध्यक्ष उद्धव पौडेलले प्रस्तुत गर्नुभएको पार्टीको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनमा केन्द्रीय सदस्यले आ–आफ्ना धारणा तथा दृष्टिकोणका साथै सुझाव दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको

त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित १ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन्

राप्रपाद्वारा गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित

    राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुनःस्थापनासहित ७ वटा एजेन्डा लिएर सडकमा उत्रिने