प्रधानमन्त्री देउवाले कसरी रोके सांसदको बिहे ?



चार पटक सम्म प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नु पूर्व गृह मन्त्रालयको बागडोर सम्हाले। गृहमंत्री छदै आरजु राणा संग बिहे गरेका उनको राजनीतिक यात्रा अझ फराकिलो हुदै गयो।आरजु संग बिहे गर्दा उनी ४४ बर्ष पुगिसकेका थिए। देउवा जस्तै मंत्री पदमै बहाल रहदै बेहुलो बन्न देउवाको पार्टीका सांसद ज्यान दिएर लागिपरेका छन।केटी नपाएर भन्दा पनि मंत्री भएकै बेला बेहुलो बन्ने रहर छ उनको तर त्यो रहर लाइ देउवाले धोती लगाई दिने कांग्रेसकै एक सांसदले बताए।

हुन त उनी यतिबेला ४७ बर्ष पुगिसकेका छन्,देउवा संगै तुलना गर्ने हो भने पनि अब उनको बिहे गर्न देउवाको भन्दा ३ बर्ष ढिलो भैसकेको छ।र,मंत्री भईहाल्ने अवस्था पनि छैन।त्यो सबै हुनु भनेको उनको रहर पुरा नहुनु हो,रहर पुरा नहुदा बिहे पनि नहुने हो की भन्ने संकेत देखिएको एक सांसदले बताए। मंत्री नबन्दा बिहे नै नहुने सम्भावना भएका माननीय अरु कोही नभएर उनै रामहरी खतिवडा हुन।भनेजस्ती केटी पनि भेटेको छैन,मंत्री नबनी के बिहे गर्नु भन्दै बिहेको कुरा आउदा पन्छिने उनलाई देउवाले आफ्नो सरकारमा मन्त्री नबनाउने निश्चित जस्तै रहेको एक कांग्रेसी नेताले बताए। संसदमा समसामयिक विषयका सरोकारलाई बेजोडले उठाउने उनी अनेक काण्डमा मुछिदै आएका पात्र हुन।सरकार बिस्तारको हल्ला संगै उनको नाम पनि राज्यमन्त्री बन्नेको सुचिमा भएपनि बिबिध कारणले हटेको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको