१५ करोडको लागतमा खानेपानी आयोजना



चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित स्विटी खोलामा बृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।

विन्दवासिनी बृहत् लिफ्ट खानेपानी जल उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु १५ करोड ५० लाखको लागतमा निर्माण गर्न लागेको आयोजनाको आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले शिलान्यास गर्नुभयो ।

खानेपानीको चर्को अभाव झेल्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथलीका बासिन्दालाई पर्याप्त खानेपानी वितरण गर्न आयोजना सुरु गरिएको संस्थाका अध्यक्ष नकुल राउतले बताउनुभयो ।

अध्यक्ष राउतले भन्नुभयो – “खानेपानी आयोजनाअन्तर्गत १० लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिनेछ । आगामी दुई वर्षभित्र आयोजना पूरा गरी पानी वितरण गर्छौं ।”

पहिलो चरणमा एक हजार दुईसय घरधुरीलाई पानी वितरण गर्ने र दोस्रो चरणमा थप ३०० घरधुरीलाई समेट्न आयोजनाको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस
महेश विरुद्ध शोभाले दिएको झुटो मुद्धा तामेलीमा जानुका यस्ता छन् कारण

    नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठक सुनियोजित

मानव सेवा नै सर्वोत्तम सेवा हो : मन्त्री चौधरी

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै

सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्छ : स्वर्णिम वाग्ले

    राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेस अहिले विकृत, भ्रष्ट,

पृथ्वी दिवसका अवसरमा सरसफाई

    विश्व पृथ्वी दिवसका अवसरमा काठमाडौं स्थित विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ,