श्राद्धको परिकार अचार र रोटी खाँदा ५० जना बिरामी,सिकिस्त दश जनाको टिचिंगमा उपचार हुँदै



हाम्रो इकोनोमि

नुवाकोटको बेल्कोटगढी नगरपालिका–५ पिप्लेमा श्राद्धको प्रसाद खाएका ५० जना बिरामी परेका छन् । बिरामीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि राजधानी ल्याईएको छ ।

पिप्लेका भोजबहादुर आलेमगरको घरमा यही साउन १ गते श्राद्धको प्रसाद खाएपछि बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने समस्याले सिकिस्त भएपछि दुई परिवारका दश जनालाई आज बिहान एम्बुलेन्समार्फत काठमाडाँै ल्याएको स्थानीय कृष्णप्रसाद लामिछानेले जानकारी दिए ।

बिरामी पर्नेमा धु्रबबहादुर लामा र कृष्णप्रसाद लामिछानेको परिवार छन् । बिरामी भएका २८ वर्षीय लामा, उहाँका आमा ५२ वर्षीया सन्तमाया, २५ वर्षीया श्रीमति सुशीला र पाँच वर्षीय छोरा सौरबको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

यस्तै, ४० वर्षीय लामिछानेसहित उनका श्रीमती ३८ वर्षीया प्रेमकुमारी, छोरीहरु १६ वर्षीया सबिना र १२ वर्षीया बिना, १४ वर्षीय छोरा सन्तोषको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

श्राद्धको प्रसाद खाएर बिरामी भएका अन्यको स्थानीय स्वास्थ्य संस्थामै उपचार भई आएपनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि अस्पताल पठाइएको वडा नं. ५ का वडाध्यक्ष अनन्त नेपालले जानकारी दिए ।

बिरामी भएर गाँउमा नै रहेकाहरुको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य अधिकृत राममणि घिमिरेसहितको टोलीले उपचार गरिरहेको छ । गाउँमा रहेका ४० जनाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य हुँदै आएको जनस्वास्थ्य अधिकृत घिमिरेले जानकारी दिए ।

उनका अनुसार श्राद्धमा वितरण गरिएको अचार र सेलरोटी घरमा जम्मा भएकादेखि रोपाइँमा रहेका खेतालालाई समेत लगेर वितरण गरिएकाले धेरै जनालाई असर गरेको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ । श्राद्धमा वितरण गरिएको रोटी बजारबाट किनेर ल्याएको मैदा र घरको चामलको पिठो मिसाएर बनाएको र सोही रोटी विषाक्त भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...