स्थानीय तह समन्वय बैठक साँफेबगरमा सम्पन्न 



हाम्रो इकोनोमि

सिमान्तकृत समुदाय,महिला बालबालिका र फरक क्षमताका व्यक्तिहरुको आर्थिक अवस्था सुधार गर्ने एकेन्द्र महता, साउन ४ साँफेबगर, अछाम स्थानीय तह समन्वय बैठक साँफेबगरमा सम्पन्न भएको छ । बैठकले सिमान्तकृत समुदायका महिला बालबालिका र फरक क्षमता भएका व्यक्तिहरुको आर्थिक अवस्था सुधार गर्ने उद्धेश्यले सञ्चालन भएको (सामाजिक रुपान्तरणका लागि महिला शशक्तिकरण कार्यक्रमले आगामी दिनमा उत्कृष्ट र समाज परिवर्तनमा काम गर्ने छलफल गरेको छ ।

ससक्तिकरणका क्षेत्रमा युवाहरु एस नेपालको आयोजना र विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको कार्यक्रम तथा समन्वय बैठकको अध्यक्षता एस नेपालका सचिब ढकेन्द्र कुँवरले गर्नु भएको थियो । बैठकका अतिथीहरुमा कार्यक्रम लागु हुने वडाहरुका जनप्रतिनिधि वडा नं. ११ का अध्यक्ष गणेश बहादुर खड्का, वडा नं. १२ का वडा अध्यक्ष प्रकाश बहादुर राना र वडा नं. १३ का वडा अध्यक्ष सागर सिहं बाब्ली साफेबगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बालगिरी कुँवर तथा तीनै वटा वडाका वडा सचिबहरुको उपस्थिती रहेको थियो । गैर सरकारी संस्था महाँसघका पूर्व केन्द्रिय महाँसचिब प्रकाश शाहको विषेस उपस्थिती रहेको बैठकमा कार्यक्रम लागु हुने वडाहरुमा पोषण स्वास्थ्य तालिम, विउविजन वितरण र पारीवारीक पोषणका बारेमा जनचेतना जगाई यी वडाहरुमा पर्यटनको राम्रो सम्भावना रहेकाले होमस्टे समेत निर्माण गरी आय आर्जनमा टेवा पर्याउने कार्यक्रम रहेको जानकारी गराईएको थियो ।

एस नेपालले विगत देखी ७२ हजार ५ सय ८३ घरधुरीलाई सेवादिई सकेको र हाल (सामाजिक रुपान्तरणका लागि महिला शशक्तिकरण कार्यक्रमको ३७ लाख ४२ हजार ३ सय ११ रुपैयाँको लागतमा सञ्चालन हुने कार्यक्रमले ६ सय ७५ वटा घरधुरीलाई सेवा दिने उद्धेश्य रहेको कार्यक्रमका कार्यक्रम अनुगमन तथा विकास संयोजक मनबिर नेपालीले प्रस्तुती करण गर्नु भएको थियो । साथै नेपालीले सस्थाको परिचय र कार्यक्रमको आगामी रणनीती बारे पनि प्रस्ट पार्नु भएको थियो । बैठकमा कृषि सेवा केन्द्र साँफेबगरका प्रतिनीधि सुरेन्द्र कुँवर, सेबक नेपालका ललित बोगटी, वाक नेपालका कृती खड्का कार्यक्रमका सामाजिक परिचालक सञ्चारकर्मीहरुरको सहभागिता रहेको बैठकको सञचालन कार्यक्रम संयोजक गोरख महताले गर्नु भएको थियो ।
योगेन्द्र महतरा

 

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...