छयहत्तर करोड ३३ लाख बजेट फिर्ता



हाम्रो इकोनोमि

झापामा आर्थिक वर्ष २०७३–७४ मा रु ७६ करोड ३३ लाख बजेट फिर्ता भएको छ ।

जिल्लाको कुल बजेट रु ११ अर्ब ४१ करोड ४८ लाख चार हजारमध्ये ६.६९ प्रतिशत फिर्ता भएको हो । पुँजीगततर्फ रु ३६ करोड ८६ लाख सात हजार र चालुतर्फ रु ३९ करोड ४६ लाख ९५ हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिनुभयो ।

गत आवमा चालुतर्फको कुल बजेट रु आठ अर्ब ३८ करोड ३२ लाख ७९ हजारमध्ये रु सात अर्ब ९८ करोड ८५ लाख ८३ हजार खर्च भएको छ भने पुँजीगततर्फ रु तीन अर्ब २७ करोड दुई लाख पाँच हजारमध्ये रु दुई अर्ब ६५ करोड ८५ लाख ९८ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...