पार्टीको सात करोड पचाए पछी प्रचण्ड रिसले चूर,पेरिसडाँडामा क-कसले झुकाए नूर



स्थानीय निकायको चुनाबमा पार्टी भित्रकै गुटका कारण पराजय व्यहोर्नु परेको बताएका प्रचण्ड पार्टीका नेताले पैसा दम्पच बनाएपछी अझ धेरै आक्रोशित बनेका छन्।चुनाबका लागी परिचालन गर्न पार्टीले दिएको सात करोडको हिसाब फम्फा भुषालले बुझाउन नसके पछी सिंगो माओबादीमा तरङ्ग पैदा भएको छ। उनले त्यो पैसा पार्टी जिताउन र आन्तरिक ब्यबस्थापनका नाममा लिएको खुल्न आएको छ।प्रचारबाजी र ब्यबस्थापनमा सात करोड खर्च गरेको माओबादीले अन्य शिर्षकमा कती खर्च गर्यो भन्ने बिषय पनि यतिबेला बहसको केन्द्र बनेको छ।तै पनि माओबादी थोरै सीटमा खुम्चिन पुग्यो।

भुसालले उक्त पैसा परिचालनका लागी पाँच सदस्यीय विभागमा राम कार्की, महेश्वर दाहाल, ओम शर्मा र गोविन्द आचार्यको नाम प्रस्ताव गरेकी थिइन् । स्थायी समितिमा रहेका र्काी र दाहाल तथा पोलिटब्युरोमा रहिसकेका शर्मा र आचार्यले विभागमा बस्ने खासै रुची पनि राखेनन् । अझ आचार्यले त विगतमा २५ जनासम्मको विभाग रहेकाले उनीहरु कसैलाई नराखी बस्दा झन् विवादमा परिने डरले स्वीकार गरेनन् ।

यसरी विभागबिनै निर्वाचनमा प्रचारको का म भइसके पनि प्रचार अन्तर्गत कुनकुन शीर्षकमा के कति कहाँ कहाँ खर्च भएको हो भन्ने हिसाब प्रचण्डले मागेपछि भुसालले विवरण नै दिन नसकेको बताइन्छ । भुसालले प्रचार क्षेत्रलाई प्रभावकारी ढंगले परिचालन गर्न नसकेका कारण प्रचार क्षेत्र निकै अस्तव्यस्त बन्न पुगेको थियो ।

यसअघि विभागमा कति सदस्य थिए, कति पटक बैठक बसेर के के काम भए भन्ने समीक्षासमेत हुन छाडेपछि सेन्टरनिकट पत्रकारहरु निकै आक्रोशित बन्न पुगेको बताइन्छ । अघिल्लो आर्थिक वर्ष सूचना तथा सञ्चार मन्त्रालयबाट ल्याइएको २५ लाख रुपैयाँ खर्चबारे प्रेस सेन्टरको नेतृत्वमा रहेकाहरु नै बेखबर रहेको विषय पनि माओवादी केन्द्रमा निकै चर्चा भएको बुझिएको छ । प्रचण्डले तारन्तार उक्त पैसा कहा खर्च भयो मागे पनि भुसालले जवाफ दिन नसकेको माओबादी निकट श्रोतको भनाइ छ। सात करोडको कुरा आए पछी फम्फाले घोप्टे मुन्टो लागेको एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको