राप्रपा केन्द्रीय कार्यसमिति बैठक सुरु



संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा नयाँबानेश्वरमा सुरु भएको उक्त बैठकमा असन्तुष्ट पक्षका नेता पशुपतिशम्शेर राणाबाहेक नेताको सहभागिता छ । नवमनोनित ४२ जना केन्द्रीय सदस्यकार पूर्व केन्द्रीय सदस्य पनि उपस्थित हुनुहुन्छ ।

बैठकमा असन्तुष्ट पक्षका उपाध्यक्षद्वय दीपक बोहरा, विक्रम पाण्डे र महामन्त्री सुनिल थापालगायतको सहभागिता छ । यही साउन ६ गतेसम्म जारी रहने बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुतभएको
छ ।

बैठकमा अध्यक्षबाट प्रस्तुत प्रतिवेदनका साथै स्थानीय तहको निर्वाचन समीक्षा, साङ्ग्गठनिक अवस्था र भावी रणनीति आदि कार्यसूची रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

पाठकका अनुसार अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच टेलिफोनमा कुरा भएपछि मात्र आजको बैठक सुरु गरिएको छ । अध्यक्ष थापाले गत शुक्रबार ४२ केन्द्रीय सदस्य मनोनित गरेपछि पार्टीमा आन्तरिक विवाद कायमै छ ।

प्रतिक्रिया दिनुहोस
न्यायालयलाई गठबन्धनको विभाग जस्तो बनाउन खोजियो : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले न्यायपालिकालाई आफ्नो विभागजस्तो

हिंसा थालेको दिन जनयुद्ध दिवस हुन सक्दैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अर्को क्याबिनेटबाट जनयुद्ध दिवसको

इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, असोज २२ देखि प्रवेश परीक्षा

    त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०/२०८१ को

राष्ट्रपतिको निर्णयविरुद्ध भारती मानन्धर सर्वोच्चमा

      श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने