राप्रपा केन्द्रीय कार्यसमिति बैठक सुरु



हाम्रो इकोनोमि

संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा नयाँबानेश्वरमा सुरु भएको उक्त बैठकमा असन्तुष्ट पक्षका नेता पशुपतिशम्शेर राणाबाहेक नेताको सहभागिता छ । नवमनोनित ४२ जना केन्द्रीय सदस्यकार पूर्व केन्द्रीय सदस्य पनि उपस्थित हुनुहुन्छ ।

बैठकमा असन्तुष्ट पक्षका उपाध्यक्षद्वय दीपक बोहरा, विक्रम पाण्डे र महामन्त्री सुनिल थापालगायतको सहभागिता छ । यही साउन ६ गतेसम्म जारी रहने बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुतभएको
छ ।

बैठकमा अध्यक्षबाट प्रस्तुत प्रतिवेदनका साथै स्थानीय तहको निर्वाचन समीक्षा, साङ्ग्गठनिक अवस्था र भावी रणनीति आदि कार्यसूची रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

पाठकका अनुसार अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच टेलिफोनमा कुरा भएपछि मात्र आजको बैठक सुरु गरिएको छ । अध्यक्ष थापाले गत शुक्रबार ४२ केन्द्रीय सदस्य मनोनित गरेपछि पार्टीमा आन्तरिक विवाद कायमै छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...