रामचन्द्रलाइ किक हानेर बनबास पठाउने,जन्मियो कांग्रेसमा नया गुट



तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको निधनपछि पहिलो पटक तीन जना कोइराला नेताहरु एक ठाउँमा जुटेका छन् । यस अघी तिनै जनाले एकले अर्कालाइ नमानेको अवस्था थियो।

सत्ताधारी प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला निवास टोखामा पहिलो पटक डा. शेखर कोइराला र सुजाता कोइरालाले गोप्य वार्ता गरेका छन। पार्टीमा आफुहरु पेलिदै गएको निचोड सहित उनीहरु एक कठ्ठा भएको कांग्रेस बृतमा चर्चा छ।

महामन्त्री डा.शशांकको निवासमा नेताद्धय डा.शेखर कोइराला र सुजाता कोइराला बिच भएको गोप्य वार्ता भने सार्वजानिक गरिएको छैन् ।
स्रोतका अनुसार पारिवारिक भनिए पनि बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुटको नेतृत्व गर्न नसकेको निश्कर्ष निकालिएको छ । तीन जना नेताहरुवीच आगामी दिनमा कसरी अघि बढ्नेबारेमा गम्भिर छलफल भएको छ ।

रामचन्द्र पौडेललाई सके सम्म आफ्नो गुटबाट पाखा लगाउने खेलका बारेमा गम्भिर छलफल समेत भएको एक नेताले बताएका छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले देउवासँग मन्त्रिमण्डलदेखि लिएर अन्य नियुक्तीसम्म भागबण्डा खोजिरहेको बेला तीन जना नेताहरु भेला भएर छलफल गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । तीन जनामा सबै भन्दा जेठा शेखर हुन्। अब कांग्रेसमा तीनै कोइराला मिलेर नया गुट जन्माउने एक नेताले नाम सार्बजनिक नगर्ने शर्तमा बताए।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय