पावसमा स्वास्थ्य शिवीर , भुकम्प पिडीत पशुपालकलाई राहत



जिल्ला पशु सेवा कार्यलय मकवानपुरले भुकम्प पिडीत कृषकहरुलाई पशु औषधि वितरण गरेको छ । बकैया गाँउपालिका वडा नं ५ पावसमा कृषकहरुलाई पशु शिवीर सहित औषधि वितरण गरेको हो ।

जिल्ला पशु सेवा कार्यलयका प्रमुख रामप्रकाश प्रधान, पशु चिकीत्सक सजिवकुमार ठाकुर तथा पशु कार्यलय हेटौँडाका योजना अधिकृत डाक्टर सुरेन्द्र यादव सम्मीलीत टोलीले आज बुधवार पावसमा पशु स्वास्थ्य शिवीर सञ्चालन गरी राय परामर्श सहितको औषधि वितरण गरीएको डा संजिवकुमार ठाकुरले जानकारी दिनुभयो । मकवानपुर जिल्लाको थाहा नगर मा २ वटा शिवीर, नामटार र बकैया यो सहित शिविर सञ्चालन भइसकेको डाक्टर ठाकुरले बताउनुभयो । भने मनहरीमा शिवीर सञ्चालन हुन बाकिँ छ । उहाँका अनुसार शिवीरमा ८० हजार भन्दा वढीको औषधि छन । लिभरटोनिक, मल्टी भिटामिन,जुका, नाम्ले, ज्वरो लगायतका ११ थरीको औषधि वितरण गरीएको छ ।

नेपाल सरकार राष्ट्रिय पुर्ननिर्माण को सहयोगमा भएको कार्यक्रममा बकैया गाँउपालिका उपाध्यक्ष सरला बोलखे , ५ नं वडा अध्यक्ष शेरमान घलान,पावस दुग्ध सहकारी सस्थाँका अध्यक्ष धर्मराज लामिछाने लगायतको उपस्थिती थियो ।

सहकारी द्धारा नगद वितरण
पवस दुग्ध उतपादक सहकारी सस्थाँले आज सस्थाका पशुपालक कृषक सदस्यलाई आज नगद वितरण गरेको छ । नेपाल सरकार ब्यवसायिक पशुपालक कृषक सदस्यहरुलाई प्रोत्साहन कार्यक्रम अर्थात पाइलट कार्यक्रम अन्र्तगत जिल्ला पशु सेवा कार्यलयका प्रमुख लगायत स्थानियको उपस्थीतीमा वितरण गरेको हो ।

सहकारीमा हाल दैनिक ७ सय लिटर दुध संकलन हुन्छ भने सहकारीमा १ सय २२ सदस्य रहेका छन । उनिहरुलाई प्रतिलीटर रु १ अनुदान अन्र्तगत १ लाख ८६ हजार ३ सय ४९ रुपैया वितरण गरीएको सहकारीका व्यवस्थापक युवराज लामिछाने बताउनुभयो । सहकारीको प्राङ्गणस्थलमा भएको कार्यक्रमा बकैया गाँउपालिका उपाध्यक्ष सरला बोलखे , ५ नं वडा अध्यक्ष शेरमान घलान समेतको उपस्थिती थियो ।

कार्यक्रम दुग्ध सहकारी सस्थाँका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको थियो । स्मरण रहोस दुवै कार्यक्रम छुट्टाछुट्टै तर सगँसगैँ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
बूढानीलकण्ठ नगरपालिका वडा नं २ को जेष्ठ नागरिक सम्मान तथा भेटधाट कार्यक्रम सम्पन्न

    यही मिति २०८० असोज १३ गते बूढानीलकण्ठ नगरपालिका वडा नं २

एमाले कोशी प्रदेशको चुनाव : पदाधिकारीमा प्यानल नै बनाएर उम्मेदवारी

      नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।