स्थानीय अबरोधपछि ट्रिपर र एक्साभेटर प्रहरी नियन्त्रणमा



हेटौँडा । आफ्नो टोलको तटबन्धन निर्माणका लागि प्रयोग गर्नुपर्ने ठूला ढुंगा अन्यत्र लैजान लागिएको भन्दै हेटौँडा उपमहानगरपालिका १ जरुवाटोलका बासिन्दा आन्दोलित भएका छन् ।

सोमबार साँझ एक्साभेटरका प्रयोग गरी लोड गर्दै गरेको अबस्थामा दुईवटा ट्रिपरलाई स्थानीय युवा, महिला तथा टोल विकास संस्था एबम् क्लवका प्रतिनिधिहरुले अबरोध गरेका हुन् । अमर कन्ट्रक्सनले ती ढुंगा अन्यत्र लैजान लाग्दा स्थानीयले आफ्नै तटबन्धनका लागि चाहिने भन्दै कन्ट्रक्सन कम्पनीमाथि हस्तक्षेप गरेपछि विवाद भएको हो । विवादपछि प्रहरीले दुईवटै ट्रिपर र एक्साभेटरलाई नियन्त्रणमा लिएको छ । ढुवानी उपकरणहरु नियन्त्रणपछि विवाद मत्थर भएपनि कन्ट्रक्सनले आफ्नो क्षेत्रको ढुंगा अन्यत्र लैजान नपाउने भन्दै स्थानीयले खबरदारी गरेका छन् ।

नियन्त्रणमा लिइएको ट्रिपर र एक्साभेटरका बारेमा मंगलबार बिहान वडाअध्यक्ष समेत राखेर छलफल गरी निकास निकालिने मकवानपुरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए । स्थानीय र अमर कन्ट्रक्सनको कुरा बाझिएकाले विवाद देखिएको उनले बताए ।

अमर कन्ट्रक्सनले केही महिनाअघि आईइइ गरेको क्षेत्रमा जिल्ला समन्वय समितिको अनुमतिबाट बगर उत्खनन् गरी ग्रेवल निकालेको थियो । सो क्रममा निस्केका ठूला ढुंगाहरुलाई स्थानीय जरुवाटोलको तटबन्धनमा प्रयोग गर्ने सहमति भएको बताइएको छ । तर जरुवाटोलमा तटबन्धनको काम सकिएकाले अन्यत्र लैजान खोजिएको कन्ट्रक्सनले दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्