स्थानीय अबरोधपछि ट्रिपर र एक्साभेटर प्रहरी नियन्त्रणमा



हाम्रो इकोनोमि

हेटौँडा । आफ्नो टोलको तटबन्धन निर्माणका लागि प्रयोग गर्नुपर्ने ठूला ढुंगा अन्यत्र लैजान लागिएको भन्दै हेटौँडा उपमहानगरपालिका १ जरुवाटोलका बासिन्दा आन्दोलित भएका छन् ।

सोमबार साँझ एक्साभेटरका प्रयोग गरी लोड गर्दै गरेको अबस्थामा दुईवटा ट्रिपरलाई स्थानीय युवा, महिला तथा टोल विकास संस्था एबम् क्लवका प्रतिनिधिहरुले अबरोध गरेका हुन् । अमर कन्ट्रक्सनले ती ढुंगा अन्यत्र लैजान लाग्दा स्थानीयले आफ्नै तटबन्धनका लागि चाहिने भन्दै कन्ट्रक्सन कम्पनीमाथि हस्तक्षेप गरेपछि विवाद भएको हो । विवादपछि प्रहरीले दुईवटै ट्रिपर र एक्साभेटरलाई नियन्त्रणमा लिएको छ । ढुवानी उपकरणहरु नियन्त्रणपछि विवाद मत्थर भएपनि कन्ट्रक्सनले आफ्नो क्षेत्रको ढुंगा अन्यत्र लैजान नपाउने भन्दै स्थानीयले खबरदारी गरेका छन् ।

नियन्त्रणमा लिइएको ट्रिपर र एक्साभेटरका बारेमा मंगलबार बिहान वडाअध्यक्ष समेत राखेर छलफल गरी निकास निकालिने मकवानपुरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए । स्थानीय र अमर कन्ट्रक्सनको कुरा बाझिएकाले विवाद देखिएको उनले बताए ।

अमर कन्ट्रक्सनले केही महिनाअघि आईइइ गरेको क्षेत्रमा जिल्ला समन्वय समितिको अनुमतिबाट बगर उत्खनन् गरी ग्रेवल निकालेको थियो । सो क्रममा निस्केका ठूला ढुंगाहरुलाई स्थानीय जरुवाटोलको तटबन्धनमा प्रयोग गर्ने सहमति भएको बताइएको छ । तर जरुवाटोलमा तटबन्धनको काम सकिएकाले अन्यत्र लैजान खोजिएको कन्ट्रक्सनले दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन : महासचिव पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...