पूर्वराजा ज्ञानेन्द्रको अप्रेशन सकियो,केहि दिन अस्पतालमै बस्ने



पूर्वराजा ज्ञानेन्द्र शाह मुटुको ‘कोरोनरी एनजिओप्लाष्टी’ गरिएको छ। नशामा हुने भल्वमा समस्या आएपछि कृत्रिम भल्व राख्ने यो विधिबाट शाहको उपचार गरिएको चिकित्सकले बताएका छन्।

शाहको मुटुमा समस्या देखिए पछि आजै एनजिओ ग्राम गरिएको थियो। एनजीओग्रामबाट नशामा समस्या देखिएको थियो।
शाहको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा यादव भट्ट र ज्ञानेन्द्रका निजी चिकित्सक डा किशोरजंग राणा संलग्न छन्।

शाहका निजी सचिव फणि पाठकले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘श्रावण ४ गते नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोनरी एन्जियोग्राम गर्दा एउटा नशा अवरुद्ध देखिएको हुँदा सफलतापूर्वक एन्जियोप्लाष्टी गरियो,’ विज्ञप्तीमा भनिएको छ‘चिकित्सकको सल्लाह अनुसार मौसूफ सरकार केही दिन अस्पतालमा राज होइबक्सिने छ।’ मुटुमा समस्या देखिएपछि शाह आज विहान अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय