किशोरी शिक्षाको कारण जीवन नै परिवर्तन



हाम्रो इकोनोमि

किशोरी शिक्षाको कारण आफूहरुको जीवन नै परिवर्तनको पथमा लम्किएको भन्दै महोत्तरी सम्सी गाउँपालिका पर्सा देवाडकी १३ वर्षीया सविना खातुन हर्षित भएकी छिन् ।

वल्र्ड एजुकेसनको आर्थिक सहयोग तथा युनेस्कोको प्राविधिक सहयोगमा महोत्तरीमा सञ्चालित किशोरी शिक्षाको प्रभावले जीवन नै अन्धकारमयबाट शिक्षाको ज्योतितर्फ बढेको युवती खातुनले बताइन् । गाउँमै सञ्चालित किशोरी शिक्षाबाट कम समयमै प्राप्त भएको ज्ञानले उच्च शिक्षा आर्जन गर्न अवसर प्राप्त भएको भर्खरै स्थानीय राष्ट्रिय माविमा कक्षा २ मा भर्ना भएकी अर्की १३ वर्षीया गजला प्रवीणाको कथन रहेको छ ।

आठ महिनासम्म आमा शिक्षा प्राप्त गरेकी स्थानीयवासी ३५ वर्षीया रजिया खातुन अब सजिलै चिट्ठीपत्र पढ्नुका साथै हरहिसाब गर्नसमेत सफल भएकी छिन् । आधा जीवन घाँसपात, दाउरा र घरगृहस्थी तथा बालबच्चा सम्हाल्नमै सीमित भएकी चार बच्चाकी आमा खातुनले गाउँमै सञ्चालित आमा शिक्षा ग्रहण गरी बालबच्चालाई समयै विद्यालय पढाउँदैछिन् भने घरआँगन सरसफाइमा विशेष ध्यान दिँदै आएकी छिन् । अब सन्तानको बालविवाह नगर्ने र समाजमा अरुलाई पनि कदापि हुन नदिने खातुनले साहस देखाएकी छिन् ।

विभिन्न स्थानमा सञ्चालित किशोरी शिक्षा कार्यक्रमको अनुगमनका क्रममा मङ्गलबार दिउँसो महोत्तरी आउनुभएका शिक्षा मन्त्रालयका निर्देशक मित्रगण चौलागार्इंले यस्ता शिक्षा जिल्लाको विकट क्षेत्र एवं गरिबी समुदायका विद्यालयको पहुँचबाट टाढा रहेको क्षेत्रका युवती र आमाका लागि आधारित भएकाले यस्तालाई शिक्षित बनाउनका लागि हरसम्भव तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

यता विश्व शिक्षा पाठयक्रम विशेषज्ञ मोहन भुर्तेलले यस शिक्षाको मुख्य लक्ष्य नै यस्ता आमा र युवतीलाई शिक्षित गर्नु रहेको बताउनुभयो । महोत्तरीको १३ वटा साबिकको गाविसमा सञ्चालित किशोरी शिक्षा कार्यक्रमबाट हाल एक हजार ३४० जना किशोरी प्रत्यक्ष लाभान्वित भएका किशोरी शिक्षा महोत्तरीका संयोजक राकेशप्रसाद चौधरीले बताउनुभयो ।

जिल्लाको विभिन्न २८ स्थानमा एकैसाथ सञ्चालित आमा समूहको कक्षाबाट ८१५ महिला शिक्षित हुने तर्खरमा रहेको चौधरीले बताउनुभयो । उमेर र क्षमताअनुसार ३०४ जना युवतीलाई कक्षा २ देखि कक्षा ६ सम्ममा नजिककै विद्यालयमा भर्ना गराउन सफल भएको संयोजक चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...