मतदाता नामावली सहज गराउनका लागि ‘हेल्प डेक्स’ स्थापना



हाम्रो इकोनोमि

निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक सहज गराउन यहाँ ‘हेल्प डेक्स’ स्थापना गरिएको छ ।

सरकारी निकायद्वारा प्रदान हुने सेवा प्रवाह तथा नागरिकको सुविधाका लागि लागि युएनडिपिको सहकार्यमा जिल्लास्थित सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले हेल्प डेक्स सेवा सञ्चालन गरेको केन्द्रका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षेत्रीय निर्वाचन कार्यालयमा आउनेको भिडलाई मध्यनजर गर्दै १५ दिनका लागि छ युवा स्वयम्सेवकलाई परिचालन गरेर बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हेल्प डेक्स सञ्चालन गरिएको हो ।

युवा स्वयम्सेवकले आएका सेवाग्राहीको फारम भर्ने, लाइनमा बसाउने, सूचना दर्ता, तथ्याँक संकलन अभिलेखीकरणमा सहयोग पु¥याउने गरेका छन् । यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार, मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य अन्तर्गत तीन दिनको अवधिमा करिब एक हजार ३०० जनाले नाम दर्ता गराएका छन् ।

कार्यालयमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...