२ वर्षभित्रमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल !



हाम्रो इकोनोमि

काठमाण्डौमा स्काई रेलको सम्भाव्यता अध्ययन गर्ने जिम्मा पाएको साइमेक्स इंक नामको कम्पनीले मंगलबार आफ्नो रिपोर्ट काठमाण्डौ महानगरपालिकालाई बुुझाएको छ। रिपोर्टमा काठमाण्डौमा पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल संचालन संभव रहेको उल्लेख छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो कम्पनीलाई संभाव्यता अध्ययन गर्ने जिम्मा दिइएको थियो । कम्पनीको रिपोर्ट आफूले बुुझेको उल्लेख गर्दै उनले पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल संचालन संभव रहेको देखिएको बताए । स्काई रेलको प्रस्तावित रुट तिलगंगाबाट सुरु भएर सिनामंगल हुँदै तीनकुने, नयाँबानेश्वर, बबरमहल, माइतीघर, शहीदगेट हुँदै त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म रहेको छ । कम्पनीले दोश्रो चरणमा स्काई रेलमार्गलाई किर्तिपुरसम्म बिस्तार गर्न सकिने समेत रिपोर्टमा प्रष्ट पारेको छ ।

साइमेक्स इंकका एक अधिकारीका अनुसार द्रूत गतिमा काम अगाडि बढाउने हो भने काम थालेको २ वर्षभित्रमा काठमाण्डौको प्रस्तावित रुटमा स्काई रेल कुदाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...