अध्यक्ष थापाको राजनीतिक प्रतिवेदन पारित



राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

उक्त प्रतिवेदन राप्रपाको भोलिदेखि शुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुने पार्टीका सहायकमन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

यसैगरी महामन्त्री जयन्त चन्दद्वारा प्रस्तुत सचिवालय, अर्का महामन्त्री ध्रुवबहादुर प्रधानद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन र कोषाध्यक्ष उद्धव पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि बैठकले अनुमोदन गरिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय कार्य समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन, संगठन सुदृढीकरण, संविधान संशोधन र पार्टीकातर्फबाट सरकारमा सहभागिताबारेमा छलफल हुने सो पार्टीले जनाएको छ ।

१७ सदस्यीय कार्यसम्पादन समितिको बैठकमा १३ जना सहभागी हुनुहुन्थ्यो । पार्टीका वरिष्ठद्वय नेता लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा बैठकमा अनुपस्थित रहनुभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्