अध्यक्ष थापाको राजनीतिक प्रतिवेदन पारित



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

उक्त प्रतिवेदन राप्रपाको भोलिदेखि शुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुने पार्टीका सहायकमन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

यसैगरी महामन्त्री जयन्त चन्दद्वारा प्रस्तुत सचिवालय, अर्का महामन्त्री ध्रुवबहादुर प्रधानद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन र कोषाध्यक्ष उद्धव पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि बैठकले अनुमोदन गरिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय कार्य समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन, संगठन सुदृढीकरण, संविधान संशोधन र पार्टीकातर्फबाट सरकारमा सहभागिताबारेमा छलफल हुने सो पार्टीले जनाएको छ ।

१७ सदस्यीय कार्यसम्पादन समितिको बैठकमा १३ जना सहभागी हुनुहुन्थ्यो । पार्टीका वरिष्ठद्वय नेता लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा बैठकमा अनुपस्थित रहनुभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...