जातीय राजनीति गर्दा उनलाई जनताले लगाए भाटा,फेरी भन्छन ओली र सिके एउटै सिक्काका दुई पाटा?



संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली र सिके राउत एउटै सिक्काका दुईवटा पाटा भएको आरोप लगाएका छन् । एमाले त्यागेर असोक राइ हुदै उपेन्द्र यादव संग पुगेका राजेन्द्रले आफ्ना नेता ओलीको आलोचना गरेका हुन्।

साक्षात्कारमा बोल्दै सह–अध्यक्ष श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘सिके राउत र केपी ओली एउटै सिक्काका दुईवटा पाटा हुन्, एमाले सत्तामा आए देश टुक्रिन्छ, एमालेले अहिले डबल स्ट्याण्ड देखाईरहेको छ, शान्तिपूर्ण निकासको बाधक एमाले हो।’

कार्यक्रममा बोल्दै उनले एमाले यो युगकै सबैभन्दा प्रतिगामी पार्टी भएको समेत आरोप लगाए । उनले थपे,‘राप्रपाले समेत संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने प्रतिबद्धता जनाईसकेको अवस्थामा एमालेले संशोधनलाई रोक्ने प्रयास गरिरहेको छ, त्यसैले एमाले यो युगकै सबैभन्दा प्रतिगामी पार्टी हो।’

उनले अघि थपे,‘एउटाले अनन्य राष्ट्रवादको नाममा देश विभाजनतिर लाने, आफ्नै देशको नागरिकलाई अर्काको भन्न खोज्ने, जस्तो गोर्खाल्याण्ड भन्दा एमालेहरुले ताली बजाएको देख्छु, अनि यहाँ चाहीँ थरुहट प्रदेश हुनुपर्यो, मधेश हुनुपर्यो या चाहीँ लिम्बुवान हुनुपर्यो भन्दा चाहीँ खालास है, भारतीय दलाल भन्ने, लाज लाग्दैन यसो भन्न, यो डबल स्ट्याण्र्ड हो।’

नेता श्रेष्ठले कुनै पनि पार्टीले अहिलेसम्म हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्छ भनेर माँग नगरेको दाबी गर्दै भने,‘म पनि पार्टीको प्रतिनिधित्व गरेर विभिन्न वार्ताहरुमा सहभागी भएको छु, आजसम्म कुनैपनि पार्टीले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन माँग गरेकै छैनन्, हुँदैन नभएको कुरालाई एमालेले एजेण्डा भनेर संशोधन रोक्ने कुरा गरेको छ, यो प्रतिगामी कुरा हो।’

उनले संविधान संशोधन नभए आफूहरुले फेरि आन्दोलन सुरु गर्ने चेतावनी दिए । उनले थपे,‘संविधान संशोधन पास नभई चुनाव हुन सक्दैन्, प्रदेश निर्वाचन अघि नै संशोधन हुनुपर्छ, नभए हामी आन्दोलन गर्छौं।’ प्रदेश निर्वाचन भन्दा अघि नै संविधान संशोधन नभए आफूहरुले प्रदेश र प्रतिनिधि सभाको चुनावमा भाग नलिने उनको चेतावनी थियो ।

प्रतिक्रिया दिनुहोस
राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका