प्रधानमन्त्रीको निर्देशनपछि सुरु भयो, खाल्डा पुर्ने काम



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा १५ दिनभित्र पुर्न निर्देशन दिएपछि अहिले धमाधम काम थालिएको छ।

हिजोमात्र प्रधानमन्त्री कार्यालयले खाल्डा पुर्नका लागि संघीय मामिला तथा स्थानीय विकास, भौतिक योजना तथा पूर्वाधार र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिवलाई जिम्मेवारीसहित निर्देशन दिएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि मेलम्ची खानेपानी आयोजना, सडक विभाग, काठमाडौं र ललितपुर महानगरले क्षेत्र छुट्याएर काम थालेको हुन् ।मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक पिरेशप्रसाद खत्रीले अहिले रात दिन नभनीकन खाल्डा पुर्ने काम भइरहेको बताए।

उनका अनुसार मेलम्ची आयोजनाले चाबहिल, चुच्चेपाटी, धोबीखोला, गौशाला, रातोपुल, भोटाहिटी, लैनचौर र नारायणगोपाल चोकदेखि बाँसबारीसम्मका खाल्डा पुर्ने जिम्मा पाएको छ भने चाबहिल–गौशाला, थापाथली–माइतीघर, चक्रपथ र कलंकी–नागढुंगा सडकका खाल्डाखुल्डी पुर्ने जिम्मा सडक विभागलाई दिइएको छ।

सोमबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार १३ वर्षिया सत्या सापकोटा खसेको नालीको स्थलगत निरीक्षण गरेर त्यसलाई तत्काल पुर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...