प्रधानमन्त्रीको निर्देशनपछि सुरु भयो, खाल्डा पुर्ने काम



प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा १५ दिनभित्र पुर्न निर्देशन दिएपछि अहिले धमाधम काम थालिएको छ।

हिजोमात्र प्रधानमन्त्री कार्यालयले खाल्डा पुर्नका लागि संघीय मामिला तथा स्थानीय विकास, भौतिक योजना तथा पूर्वाधार र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिवलाई जिम्मेवारीसहित निर्देशन दिएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि मेलम्ची खानेपानी आयोजना, सडक विभाग, काठमाडौं र ललितपुर महानगरले क्षेत्र छुट्याएर काम थालेको हुन् ।मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक पिरेशप्रसाद खत्रीले अहिले रात दिन नभनीकन खाल्डा पुर्ने काम भइरहेको बताए।

उनका अनुसार मेलम्ची आयोजनाले चाबहिल, चुच्चेपाटी, धोबीखोला, गौशाला, रातोपुल, भोटाहिटी, लैनचौर र नारायणगोपाल चोकदेखि बाँसबारीसम्मका खाल्डा पुर्ने जिम्मा पाएको छ भने चाबहिल–गौशाला, थापाथली–माइतीघर, चक्रपथ र कलंकी–नागढुंगा सडकका खाल्डाखुल्डी पुर्ने जिम्मा सडक विभागलाई दिइएको छ।

सोमबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार १३ वर्षिया सत्या सापकोटा खसेको नालीको स्थलगत निरीक्षण गरेर त्यसलाई तत्काल पुर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्