जनप्रतिनिधिलाई एमालेबाट १ महिने तालिम



काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालन गर्न १ महिना अभिमूखीकरण कार्यक्रम सम्बन्धी प्रशिक्षण दिने भएको छ ।

मंगलबार बसेको स्थानीय कमिटी बैठकले जनप्रतिनिधिलाई तालिम निर्णय गरे लगत्तै केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणको मिति र विषयवस्तु तय गरेको हो ।

एमालेले जनप्रतिनिधिलाई तालिम प्रदेश नम्बर ७ बाट शुरु गर्ने भएको छ । ७ नम्बर प्रदेशमा साउन ७ र ८ गते तालिम आयोजना गरिने भएको हो ।

प्रदेश नम्बर १ मा साउन २१ र २२, प्रदेश नम्बर ३ मा साउन २७ र २८, प्रदेश नम्बर ४ मा साउन २७ र २८, प्रदेश नम्बर ५ मा साउन १० र ११ गते, प्रदेश नम्बर ६ मा साउन २९ र ३० गते कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ ।अभिमूखिकरण कार्यक्रममा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् । तर, प्रमुख नजितेका ठाउँबाट उपप्रमुख र बष्ठितम वडाध्यक्षलाई सहभागी गराइने छ । प्रमुख र उपप्रमुख नजितेका स्थानीय तहबाट दुई वडाध्यक्ष सहभागी हुनेछ ।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्षहरु, स्थानीय निकाय बिभागका प्रमुखहरु, पार्टीका जिल्ला इन्चार्जहरु र सम्बन्धित प्रदेशका सांसदहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
पिकनिक गएर फर्केको स्कुल बस शंकरापुरमा दुर्घटना

    काठमाडौंको शंकरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । जिल्ला

विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ : ओली

    प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी

     काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि

प्रहरीमाथि हातपात गर्ने जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

     गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका