जनप्रतिनिधिलाई एमालेबाट १ महिने तालिम



हाम्रो इकोनोमि

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालन गर्न १ महिना अभिमूखीकरण कार्यक्रम सम्बन्धी प्रशिक्षण दिने भएको छ ।

मंगलबार बसेको स्थानीय कमिटी बैठकले जनप्रतिनिधिलाई तालिम निर्णय गरे लगत्तै केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणको मिति र विषयवस्तु तय गरेको हो ।

एमालेले जनप्रतिनिधिलाई तालिम प्रदेश नम्बर ७ बाट शुरु गर्ने भएको छ । ७ नम्बर प्रदेशमा साउन ७ र ८ गते तालिम आयोजना गरिने भएको हो ।

प्रदेश नम्बर १ मा साउन २१ र २२, प्रदेश नम्बर ३ मा साउन २७ र २८, प्रदेश नम्बर ४ मा साउन २७ र २८, प्रदेश नम्बर ५ मा साउन १० र ११ गते, प्रदेश नम्बर ६ मा साउन २९ र ३० गते कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ ।अभिमूखिकरण कार्यक्रममा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् । तर, प्रमुख नजितेका ठाउँबाट उपप्रमुख र बष्ठितम वडाध्यक्षलाई सहभागी गराइने छ । प्रमुख र उपप्रमुख नजितेका स्थानीय तहबाट दुई वडाध्यक्ष सहभागी हुनेछ ।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्षहरु, स्थानीय निकाय बिभागका प्रमुखहरु, पार्टीका जिल्ला इन्चार्जहरु र सम्बन्धित प्रदेशका सांसदहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...