दर्जन सांसद पशुपतिको पक्षमा,राणाले अब थापा बिरुद खाँडो जगाउने



पंचहरु एक भए संगै फेरि महासंग्राम सुरु भएको छ।कमल थापा र अर्का नेता पशुपति शमशेर जबरावीच शितयुद्व चले पछी फुटतर्फ राप्रपा लम्किन थालेको छ। हुन् पनि राणा संग थापाहरुको कहिल्यै हार्दिकता रहेन।सुर्यबहादुर थापा संग कुनै बेला जुहारी चलाउने राणा यतिबेला कमल थापा संग सिंगौरी खेलिरहेका छ।सुर्य बहादुरले त राणा लाई चन्द्र समशेरको नाती होस् भने आजै आइज मैदानमा समेत भनेका थिए।

संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपाभित्र अहिले अध्यक्ष कमल थापा र बरिष्ठ नेता पशुपति शमशेर जबरावीचको विवाद यतिवेला उत्कर्षमा पुगेको छ ।नेता राणाले अध्यक्ष थापालाई चेतावनी नै दिएका छन् । उनले पार्टी अध्यक्ष थापाको पछिल्लो कार्यशैलीलाई लिएर असन्तुष्टिमात्रै पोखेका छैनन, सच्चिनको लागि अल्मिटेम नै दिएका छन् । राणाले अहिले एक दर्जन सांसदहरुलाई होल्ड गरेर राखेका छन् ।

स्रोतका अनुसार एक दर्जन सांसदहरु नेता पशुपतिको पक्षमा उभिएका छन् । कमल थापासँग असन्तुष्ट रहेका सांसद रेशम लामाका अनुसार असन्तुष्ट एक दर्जन सांसदहरु नै अहिले नेता पशुपतिजीको साथमा छन् । गुण्डाको परिचय बनाएका लामाले परिआए कमल थापालाई ठोक्ने बताउदै आएका छन।थापाले नै लामा लाई सहायक मन्त्री बनाएका थिए।
नेता पशुपतिले भने पार्टीमा ४० प्रतिशत केन्द्रिय सदस्यहरुलाई आफ्नो पक्षमा पार्ने कोशिस गरिरहेका छन् । उनको पक्षमा संसदीय दलका नेता दिपक बोहरा, नेताहरु क्रमशः विक्रम पाण्डे र सुनिलबहादुर थापा समेत उभिएका छन् । कमल थापाले यो सबै चाल पाएर पार्टीमा बहुमत जुटाउन ४२ जनालाई केन्द्रिय सदस्य बनाई सकेका छन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय