न्यायाधीश विदेश भ्रमणमा रहने भएपछी भरतपुर सुनुवाई ८ गतेलाई स¥यो



हाम्रो इकोनोमि

पटक-पटक पेशी तोकिएर स्थगित भएको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादका बीच परेको मुद्दाको अर्को सुनुवाई साउन ८ गते हुने भएको छ। सोमवार सुनुवाई सुरु भए पनि न्यायाधीश भण्डारी भोलिदेखि विदेश भ्रमणमा  जानुपर्ने कारणले जारी सुनुवाई पुनः एक साता पर सरेको छ ।

असार १३ गते च्यातिएका मतपत्र भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्चमा पेस गरेको थियो। अदालतको असार ६ गतेको आदेश अनुसार च्यातिएका मतपत्र सर्वोच्चमा पेस भएका हुन्।

जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...