गृहमन्त्री बिरुद्द पुलिसको डफ्फा, जनार्दनले नक्साल पुगेर किन दिए धक्का



प्रहरी गुट बन्दीमा लागेको र एक अर्कालाई हतियार बनाएर सिध्याउने खेल चलेको बन्दै गृह मंत्री जनार्दन शर्माले आक्रोश पोखेका छन। प्रहरी मुख्यालय बाहिर उच्च अधिकारीहरुले हौवा फिजाउने उद्येश्य सहितको प्रोपोगान्डा शाखा चलाउने गरेको भन्दै त्यसलाई तुरुन्त बन्द गर्न निर्देशन दिएका छन। उनले त्यसैमा थप्दै भने – प्रहरीमा कम्युटर र सञ्चार बाहेक अर्को एउटा शाखा छ, हरेकका उपल्लास्तरका प्रहरीले सञ्चालन गर्ने प्रोपोगान्डा शाखा त्यो शाखा बाहिर छ हरेकका आफ्ना अफिस र कर्मचारी त्यहां छन्, त्यो शाखा बन्द गर्नुस् चलाउन पाईंदैन ।’ प्रहरीका केहि अधिकारि जनार्दन बिरुध्द मोर्चाबन्दीमा छन् त्यसैलाई इन्गीत गर्दै मन्त्रीले उक्त कुरा बताएको प्रहरी अधिकारीलेनै बताएका छन्। ५९ औं प्रहरी संचार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले सो कुरा बताएका हुन ।

 

एआईजी, डिआईजी र एसएसपीको बढुवामा नियतबस कसैलाई अन्याय नगरिएको बताउदै उनले बढुवा सिफारिस गर्दा कतिपय मर्कामा परेको आफूलाई जानकारी भएको बताए । प्रहरी संगठनका हरेकको दिमाग सरुवा र बढुवामा बढी चासो हुने भएकाले समस्या सिर्जना हुने गरेको उनले बताए । उनले प्रहरी तालिम केन्द्रले अनुसन्धानको क्षेत्रमा पनि काम गर्नुपर्ने धारणा राखे । बढुवामा असन्तुष्टी राख्ने प्रहरीको एक जमात मंत्रीको आलोचना गर्दै हिडिरहेको छ।प्रहरी प्रमुख प्रकाश आर्यललाई मंत्री शर्माले आराजकता मचाउने प्रहरीलाई कारबाही गर्न समेत भनेका छन।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु