राज्य निर्देशित नेपाल टेलिकम डुबाउन एउटा गिरोह ज्यान फालेर लागेको छ।त्यति मात्र नभई नेपाल टेलिकमका उच्च व्यक्तीनै माफियाको शरणमा पुगेका छन।जसले टेलिकम सिध्याउन यस अघी देखिनै ज्यान दिएर लागिपरेको बुझिन आएको छ।
उता नायव प्रवन्ध निर्देशक समेत नभएका व्यक्तिले प्रवन्ध निर्देशक बन्ने सपना देख्न थाले पछि टेलिकम अस्तव्यस्त बन्दै डुब्ने चरणमा पुग्न लागेको हो ।
यतिबेला महाप्रबन्धक बन्न र टेलिकम डुबाउन प्रबन्धक सुनील पोखरेल लागिपरेका छन । टेलिकमभित्र गुणस्तरहीन सामाग्री सप्लाई गर्दै आएका जगदम्बा इन्टरनेशनल प्रालिका प्रमुख डिआर उपाध्यायलाई प्रयोग गर्दै प्रबन्ध निर्देशक कामिनी राज भण्डारीलाई हटाएर पोखरेल आफू योग्य नभए पनि प्रबन्ध निर्देशक बनिछाड्ने रणनीतिमा लागेको बुझिएको छ । त्यसका लागि केहि थैली बालुवाटार पुर्याई सकेको उच्च श्रोतले बतायो।
पोखरेलकालागि आर्थिक सहयोग गर्दै आएका उपाध्यायसँग नायब महाप्रबन्धक रबिन्द्र झा , अरुण पुरी, र सुनिल पोखरेल स्लिपिङ पार्टनर भएको टेलिकम मा चर्चा छ ।टेलिकम भित्रका भाइरसका रुपमा चिनिने झाले सबै मिलाउने जिम्मा लिएका छन् भने उपाध्याय जति चाहिने हो उतिनै पैसाको जोहो गर्ने बताएका छन।
तत्कालीन प्रवन्ध निर्देशक बुद्धि आचार्यलाई हटाएर अन्यलाई प्रबन्ध निर्देशक बनाउँदा पोखरेलले दुरसंचार नियामावलीनै संशोधन गरेका थिए । उनी त्यही नियामवलीमा टेकेर उसै समयमा प्रवन्ध निर्देशक बन्न खोजेका थिए । तर त्यो बेला झाले चलखेल गर्दिएका कारण उनको योजना सफल बनेको थिएन।तत्कालिन संचार मंत्री मिनेन्द्र रिजाललाइ प्रभावमा पारि एनसेल संगको मिलेमतोमा नेपाल टेलिकमको नेटवर्कमा गडबडी गराएका उनीहरुले त्यहि बेला करोडौ पचाएका थिए।पोखरेल यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिएर दुनो सोझो पार्न होमिएका छन्।