तथ्य भन्छ- बढी उमेरका बुवाबाट जन्मिने छोरा तीक्ष्ण !



हाम्रो इकोनोमि

बेलायतको किङ्स कलेज लन्डनमा गरिएको अनुसन्धानले बढी उमेरमा बुवा बन्नेहरुका छोरा ‘जिनियस’ (कुशाग्र÷तीक्ष्ण मस्तिष्कका) हुने सम्भावना धेरै हुने देखाएको छ।

अनुसन्धान अनुसार यस्ता बुवाका छोरा तीव्र र तीक्ष्ण बुद्धिका हुुुुन्छन्। तर, अध्ययनले यो निष्कर्षमा आमाको उमेरको कुनै प्रभाव नपर्ने देखाएको छ। साथै, छोरीहरूमा भने यसको कुनै प्रभाव नपर्ने निष्कर्ष निस्केको छ।

अनुसन्धानकर्ताले करिब १५ हजार जुम्ल्याहा बालबालिकालाई एउटा टेस्टमा सामेल गरेर ‘गिक इन्डेक्स’ तयार पारे। इन्डेक्समा १२ वर्षका जुम्ल्याहा बालबालिकाको ‘नन् भर्बल’ आइक्यु, कुनै विषयमा ध्यान केन्द्रित गर्ने क्षमता, समाजबाट अलग बस्नेजस्ता विषयमा बौद्धिक आँकलन गरिएको थियो।

‘गिक स्कोर’ धेरै भएका बालबालिकाले विद्यालयमा खासगरी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा अब्बल नतिजा ल्याए। यसको सम्भावित कारणमध्ये बढी उमेरका पुरुषहरू ढिलो बुवा हुँदा प्रतिभाशाली वंशाणुबाट सन्तान जन्मने सम्भावना हुन्छ। यसबाहेक बढी उमेरका पुरुषका सन्तानले धेरै सुविधा पाउने वा कुनै वंशाणुको उत्परिवर्तन (म्युटेसन) हुने सम्भावना पनि रहन्छ।

सेफिल्ड युभिर्सिटीका प्रोफेसर एलन पेसी अनुसन्धानको निष्कर्ष राम्रो लागे पनि दम्पतीहरूले यही आधारमा सन्तान जन्माउन ढिलाइ गर्नु उचित नहुने बताउँछन्।
उनको सल्लाह छ, ‘बढी उमेरमा सन्तान जन्माउँदा गर्भधारणमा कठिनाइ, सुत्केरी हुन कठिनाइ, गर्भपात हुनसक्ने लगायत धेरै जोखिम बढ्ने हुनाले उचित उमेरमै सन्तान जन्माउनु उपयुक्त हुन्छ।’ जेम्स ग्यालाघर, बिबिसी संवाददाता

प्रतिक्रिया दिनुहोस
एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...